काठमाडौँ । अनलाइन ठगी (स्क्याम) का शैलीहरू दिनप्रतिदिन जटिल र पहिचान गर्न असम्भव जस्तै बन्दै गएका बेला प्रयोगकर्ताहरूका लागि एउटा शक्तिशाली सुरक्षा कवच सार्वजनिक भएको छ । प्रख्यात साइबर सुरक्षा कम्पनी माल्वेयरबाइट्सले च्याटजीपीटीसँग सहकार्य गर्दै एआई च्याटबट भित्रै एकीकृत सु...
