सर्वोच्च अदालतको आदेश अनुसार ठूला करदाता कार्यालयले गत मङ्सिर १९ गते विदेशी लगानीको मोबाइल सेवाप्रदायक एनसेललाई १५ दिनभित्र २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ ५ पैसा लाभकर बुझाउने निर्देशनसहितको पत्र लेख्यो । कार्यालयले उपलब्ध गराएको उक्त समयसीमा श...
