काठमाडौं । नेपाली बजारमा आधिकारिक रूपमा नथिङ ब्रान्ड भित्रिने भएको छ । नेपालका लागि नथिङको आधिकारिक बिक्रेता चौधरी ग्रुप (सीजी)ले यो साता 'नथिङ फोन टु' सार्वजनिक गर्ने तयारी गरेको हो । सीजी प्रतिनिधिका अनुसार बिहीवार वा शुक्रवार फोन सार्वजनिक हुनेछ ...