Cyber Utsav 2.0
- Organizer: Tech Gurkha Digital Services and Cyber Ghar
ईटी क्षेत्रमा चासो राख्ने +२ मा अध्ययनरत विद्यार्थीहरूका लागि साइबर उत्सव २.० आयोजना हुने भएको छ । टेक गोर्खा डिजिटल सर्भिसेस र साइबर घरको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।
उक्त कार्यक्रममा ह्याकथन हुने कार्यक्रम प्रमुख संयोजक दीक्षान्त पाण्डेले बताए । जसअन्तर्गत पहिलो चरणमा चार शहरमा प्रतियोगिता आयोजना हुनेछ । उक्त शहरका बिजेताहरू बिच ग्रान्ड फिनालेमा प्रतिस्पर्धा हुने उनले बताए ।
जसअन्तर्गत भदौको ११ देखि १३ गतेसम्म इटहरीमा, पोखरामा १६ देखि १८ गते, चितवनमा २१ देखि २३ गतेसम्म र काठमाडौँमा २६ देखि २८ गतेसम्म ह्याकाथन आयोजना हुन लागेको हो । प्रतियोगिताको ग्रान्ड फिनाले भने २९ भदौमा काठमाडौँमा हुनेछ ।
कक्षा ११ देखि कक्षा १२ को परीक्षा दिएका आईटी क्षेत्रमा रुचि भएका विद्यार्थीहरूले ह्याकथनमा सहभागिता जनाउन सक्ने संयोजक पाण्डेले बताए । उनले भने, “हरेक शहरका बिजेता टोलीलाई गिफ्ट ह्याम्पर र केही रकम पुरस्कार दिन्छौँ ।” इटहरी, पोखरा र चितवनबाट फिनालेमा सहभागी हुन आउनेको खर्च आयोजकले ब्यहोर्ने उनले बताए ।
एक लाख पुरस्कार राशिको उक्त कार्यक्रममा सहभागी टिम मध्ये फिनालेका उत्कृष्ट तीन टोलीले पुरस्कार पाउने छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः: ५० हजार, ३० हजार र २० हजार पुरस्कार दिइने उनले जानकारी दिए ।
दुई देखि चार जना सम्मको समूह बनाएर कार्यक्रममा आवेदन जनाउन सक्नेछन् । आफ्नो समूह दर्ता गर्न www.cyberutsav.com बाट वा यहाँ क्लिक गरेर आवेदन दिन सकिनेछ ।
