काठमाडाैं । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले 'पठाओ सुपरफेस्ट-२०२३' आयोजना गर्ने घोषणा गरेको छ । पठाओले पुस ५ (डिसेम्बर २१) देखि 'अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ' भन्ने नाराका साथ अहिलेसम्मकै ठूलो अफर सार्वजनिक गरेको हो ।
सुपरफेस्टको नारा बमोजिम केही दिनदेखि एलियन भेषमा केही व्यक्तिहरू पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा देखिएका छन् । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ, जुन नेपालमै पहिलो पटक गरिएको कम्पनीले जनाएको छ ।
एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो । सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि रमाइला अफरहरू रहेको पठाओकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।
कम्पनीले बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट हुने जनाएको छ ।
पठाओ सुपरफेस्ट यसअघि आयोजना भएको पठाओ फुड फेस्ट २०२३ भन्दा पनि भव्य हुने हमालले बताइन् । यस फेस्टमा एक प्लेटमा २० ओटा म:म, फ्रेन्च फ्राइज् किन्दा बर्गर फ्री, झोल किन्दा म:म फ्री, एक रुपैयाँमै पिज्जा/ बर्गर/ म:म/ बिर्यानी र आलु दममा रम फ्री लगायत सोच्नै नसकिने अफरहरू राखिएको हमालले जानकारी दिइन् ।
उनका अनुसार अफरहरू हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म फ्ल्याश सेल्स तथा रेष्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुटजस्ता लोभलाग्दा अफर र पठाओ फुडमा नि:शुल्क डेलिभरीको सुविधा समेत दिइएको छ ।
ग्राहकहरूलाई उपहारै उपहार
पठाओले सुपरफेस्टमा उपभोक्ताहरूका लागि पुरस्कार नै पुरस्कारको व्यवस्था गरेको छ । कम्पनीका अनुसार ग्राहकले हरेक अर्डरमा स्योरशट प्राइजको स्क्र्याच कार्ड पाउनेछन्, जसमा हरेकले केही न केही पुरस्कार जित्ने निश्चित हुने हमालले बताइन् ।
सेवाग्राहीले चन्द्रागिरीबाट चल्ने बाबु एड्भेञ्चरको प्याराग्लाइडिङमा १००० रुपैयाँ तथा धुलिखेल जिपलाइनको तर्फबाट १२०० रुपैयाँको नगद भौचर प्राप्त गर्नसक्ने हमालले जानकारी दिइन् ।
यस्तै वाशिङ मसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, रेफ्रिजेरेटर, राइस कुकरजस्ता हिटाचीका उत्पादनहरू खरिद गर्दा २५ प्रतिशतसम्म छुट दिइएको छ ।
यस्तै डिशहोम टिभीमा एक महिनाको रिचार्ज कार्ड नि:शुल्क दिइनुका साथै 'डिश होम गो'मा तीन महिनाको सब्सक्रिप्सन नि:शुल्क ग्राहकले पाउनेछन् । कम्पनीका अनुसार डिशहोम इन्टरनेटमा नयाँ सब्सक्राइबरहरूलाई ६ महिनाको इन्टरनेट सब्सक्रिप्सन नि:शुल्क दिइनेछ । साथै ११० एमबीपीएस र २१० एमबीपीएसको इन्टरनेट प्याकेजहरूमा २५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।
यसबाहेक स्क्र्याच कार्डमा यति एअरलायन्सको फ्लाइट बुकिङमा २०० रुपैयाँ छुट, दराज एपमार्फत सामान खरिदमा १०० रुपैयाँसम्मको १० प्रतिशत छुट, इना सेन्टरबाट हरेक हप्ता एक जनालाई अफनान पर्फ्युम र सबै पर्फ्युमहरूको खरिदमा एक हजार रुपैयाँ छुट पाइनेछ ।
सुपरफेस्टमा सहभागी हुने ग्राहकहरुले डोल्पो गियरका उत्पादन खरिदमा २० प्रतिशत छुटका साथै डोल्पो गोर्टेक्स फर ज्याकेट जित्ने मौकासमेत पाउनेछन् ।
कम्पनीका अनुसार न्युम्युको उत्पादनहरूको खरिदमा १५ प्रतिशतसम्मको छुट भौचरसमेत ग्राहकले पाउनसक्ने कम्पनीले जनाएकाे छ ।