काठमाडौं । इन्टरनेटको अहिलेको समयमा मोबाइल फोन ह्याकिङका घटना दिन प्रतिदिन बढ्दै गइरहेका छन् । साथै हरेक क्षेत्रमा प्रविधि प्रयोग हुन थालेको छ, जसका कारण विभिन्न प्रयोजनमा मोबाइलको प्रयोग हुने भएकाले ह्याकरको निसानामा पर्न सक्ने जोखिम समेत त्यसै हिसाबले बढेको छ ।
यस्तोमा कतै तपाईंको मोबाइल नै ह्याकर भएर त्यसबाट कसैले निगरानी गर्ने काम त गरिरहेको छैन ? आज हामी तपाईंलाई मोबाइल ह्याक हुँदा देखिने केही सङ्केतहरूको बारेमा बताउँछदै छौं, जसको आधारमा तपाईं आफ्नो फोन ह्याक भएको छ कि छैन भन्ने कुरा केही हदसम्म थाहा पाउन सक्नु हुनेछ ।
१.ब्याट्रीअस्वाभाविकरूपमाडिस्चार्जहुनु
यदि तपाईंको फोनको ब्याट्री छिटो छिटो डिस्चार्ज हुनु अथवा सकिनु फोन ह्याक भएको सङ्केत पनि हुन सक्छ । किन कि ब्याकग्राउन्डमा जासुसी गर्ने एप चलेका कारण फोनको ब्याट्री बढी खपत भएको हुन सक्छ ।
त्यसैले फोनको ब्याट्रीमा ध्यान दिन जरुरी हुन्छ । तपाईंले आफ्नो फोनमा एपहरूको विवरण राख्नुपर्ने हुन्छ ।
२. मोबाइलमाअनावश्यकएपदेखापर्नु
तपाईंले आफ्नो मोबाइलमा रहेका एपहरूमाथि समेत ध्यान दिनुपर्ने हुन्छ । ता कि कतै तपाईंको फोनमा तपाईंको अनुमति बिना कुनै एप डाउनलोड भएर बसेको त छैन भन्ने कुरा यकिन गर्न सकियोस् ।
यदि तपाईंले डाउनलोड नगरेको कुनै नयाँ एप फोनमा भेट्नु भयो त्यो ह्याकिङको कारण समेत हुन सक्छ । यस्ता अपरिचित एपमा जासुसी सफ्टवेयर लुकेको पनि हुन सक्छ ।
३.मोबाइलअनावश्यकरूपमाधेरैतात्नु
जासुसी एपले सामान्यतया रियलटाइममा मोबाइलको लोकेसन ट्रयाक गरिरहेका हुन्छन् । यसका लागि जीपीएस सिस्टम प्रयोग गरिरहेका हुन्छन् ।
यस्तोमा तपाईंको फोनको हार्डवेयरमा अनावश्यक रूपमा बढी दबाब पर्छ । यस कारण मोबाइल बढी तात्तिने समस्या आउँछ ।
४. डेटाखपतबढ्नु
यदि तपाईंको फोनलाई कसैले ट्रयाक गरिरहेको छ भने तपाईंको मोबाइलमा सामान्यभन्दा बढी डेटा खपत हुन सक्छ । त्यसैले यदि तपाईंको मोबाइलमा अचानक रूपमा अस्वभाविक किसिमले डेटा खपत बढेको छ भने सतर्क रहनुहोस् ।
५.मोबाइलमाखराबीआउनु
फोन ह्याक हुँदा त्यसमा स्क्रिन फ्ल्याशिङ, अटोमेटिक फोन सेटिङ परिवर्तन वा फोनले काम नगर्ने जस्ता समस्या देखिन सक्छन् ।
६. कुराकानीगर्दापृष्ठभूमिमाआवाजसुनिनु
केही जासुसी एपले फोन कल रेकर्ड समेत गर्दछन् । यस्तोमा जब तपाईंले फोन गर्दा पृष्ठभूमिमा कुनै किसिमको आवाज सुनिन्छ भने सावधान हुनुहोस् । किन कि यो पनि ह्याकिङको एउटा सङ्केत हो ।
७. अस्वाभाविकब्राउजिङदखिनु
तपाईंले बेलाबेलामा आफ्नो ब्राउजिङ तथा सामाजिक सञ्जालको एक्टिभिटी लग समेत नियाल्नु पर्ने हुन्छ । यसबाट मोबाइलमा ट्रयाकिङ वा जासुसी एप डाउनलोड गर्नका लागि कुनै वेबसाइट प्रयोग गरिएको रहेछ भने त्यसको पहिचान गर्न सकिन्छ ।
साथै सामाजिक सञ्जालमा अनावश्यक वा भनौं आफूले लाइक, कमेन्ट, शेयर नगरेको, पठाउँदै नपठाएको मेसेज देखिन्छ भने त्यो ह्याकिङको प्रस्ट आधार बन्न सक्छ ।
८. फोनअस्वाभाविकरूपमासुस्तहुनु
ह्याक भएको फोनको सम्पूर्ण प्रोसेसिङ पावर ह्याकरले सुषुप्त रूपमा राखेको एप्लिकेसनले खाइरहेको हुन सक्छ । जसले गर्दा तपाईंको फोन स्लो भएको हुन सक्छ ।
अनावश्यक रूपमा फोन फ्रिज वा ठप्प हुने, क्याश हुने र अनपेक्षित रूपमा रिस्टार्ट हुने गरेको छ भने त्यो ह्याकिङको सङ्केत पनि हुन सक्छ ।
९. अपरिचितकलवामेसेजकोलगहुनु
ह्याकरले एसएमएस ट्रोजनको सहयोगमा तपाईंको फोन ट्यापिङ गरेको पनि हुन सक्छ । तपाईंको फोनमा अस्वाभाविक अथवा अपरिचित कल वा एसएमएस लग देखिएको खण्डमा सचेत रहनु होस् ।