close

अनर स्मार्टफोन किन्ने ग्राहकले स्मार्टवाच, इयरबडदेखि क्याल्कुलेटरसम्म निःशुल्क पाउने

टेकपाना टेकपाना

बैशाख १९, २०८१ १२:३५

अनर स्मार्टफोन किन्ने ग्राहकले स्मार्टवाच, इयरबडदेखि क्याल्कुलेटरसम्म निःशुल्क पाउने

काठमाडौं । नेपाली ग्राहकका लागि अनरले ‘अनर मे उत्सव’ ल्याएको छ । अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले नयाँ प्रवर्द्धनात्मक अभियान घोषणा गरेको हो ।

कम्पनीकाअनुसार यस अभियानमा ग्राहकहरूले अनर स्मार्टफोनको खरिदमा विभिन्न उपहार प्राप्त गर्न सक्ने तथा लक्की ड्र मार्फत भेस्पा स्कुटर जित्न सक्नेछन् । 

जसअन्तर्गत अनर ९० फाइभजीको खरिदमा ग्राहकहरूले १३ हजार ९९९ रुपैयाँको अनर चोइस वाच प्राप्त गर्नेछन् । त्यसैगरी अनर एक्स ९ बी खरिद गर्नेहरूले पाँच हजार ४९९ रुपैयाँ मूल्य भएको अनर चोइस इयरबडस् एक्स फाइभ प्राप्त गर्न सक्नेछन् ।  

त्यस्तै अनर ९० लाइट खरिद गर्ने ग्राहकहरूले तीन हजार ९९९ रुपैयाँ मूल्यको एङ्कर साउन्डकोर लाइफ पी टु आई र अनर एक्स ८ बीका खरिदकर्ताले दुई हजार मूल्यको साइन्टिफिक क्याल्कुलेटर प्राप्त गर्ने छन् । साथै अनर एक्स फाइभ प्लस खरिद गर्ने ग्राहकले एक हजार ३९५ मूल्यको सुनेलन एस थ्री (Sunelan S3)  उपहारको रूपमा पाउने छन् ।

यसबाहेक अनर ९० फाइभजी खरिद गर्ने मध्ये एक जना भाग्यशाली ग्राहकले भेस्पा स्कुटर जित्न सक्ने कम्पनीले जनाएको छ । १ मे बाट सुरु हुने यो अभियान ११ मेसम्म जारी रहनेछ । ग्राहकहरूले अनरका आधिकारिक स्टोर वा दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्महरूबाट समेत स्मार्टफोन खरिद गर्न सक्ने बताइएको छ ।


 

मोडेल

उपहार

HONOR 90 5G
(१२+२५६)   
(१२+५१२)    

रु. १३,९९९/- मूल्यको HONOR Choice Watch

HONOR 90 5G खरिद गर्ने मध्ये एक जनाले लक्की ड्र मार्फत भेस्पा जित्न सक्ने ।  

HONOR X9b 5G

रु. ५,४९९ /-मूल्यको HONOR Choice Earbuds X5

HONOR 90 Lite

रु. ३,९९९/- मूल्यको Anker Soundcore Life P2i  

HONOR X8b

रु. २,०००/- मूल्यको Scientific Calculator 

HONOR X7b

रु. २,०००/- मूल्यको Scientific Calculator 

HONOR X5 Plus

रु. १,३९५/- मूल्यको Sunelan S3 


 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८१ १२:३५