close

क्रिप्टो एक्स्चेन्ज एप बाइनान्सका संस्थापक चाङपेङ जाओलाई जेल सजाय

टेकपाना टेकपाना

बैशाख १९, २०८१ १८:२२

क्रिप्टो एक्स्चेन्ज एप बाइनान्सका संस्थापक चाङपेङ जाओलाई जेल सजाय

काठमाडौं । क्रिप्टोकरेन्सी एक्स्चेन्ज प्लेटफर्म बाइनान्सका संस्थापक एवं पूर्व सीइओ चाङपेङ जाओ (सीजेड) लाई चार महिनाको जेल सजाय सुनाइएको छ । गैरकानूनी रूपमा लाखौं अमेरिकी डलर मनी लन्डरिङ (अवैध धनलाई वैध बनाएको) गरेको आरोपमा जाओलाई दोषी ठहर गर्दै मङ्गलबार अमेरिकाको सङ्घीय अदालतले  जेल सजाए सुनाएको हो । 

ब्लुमबर्गको रिपोर्ट अनुसार क्रिप्टो बुम अन्तर्गत बाइनान्सको सम्पत्तिमा बृद्धि भएको थियो । कम्पनीमा अझै पनि जाओको ९० प्रतिशत शेयर रहेको छ । फोर्ब्सका अनुसार उनको सम्पत्ति ३३ अर्ब अमेरिकी डलर रहेको छ । बाइनान्सका अन्य सहसंस्थापकमा जाओकी आमा र उनका तीन सन्तान रहेका छन् । 

गत वर्ष बाइनान्सले अमेरिकाको न्याय विभागसँग गरेको सहमति पालना नगरेको भन्दै ४.३ अर्ब अमेरिकी डलर तिर्न आदेश दिइएको थियो । तर पाँच करोड अमेरिकी डलर मात्रै तिरेर जाओले कम्पनीको सीईओ पदबाट राजीनामा दिएका थिए । उनी चीनमा जन्मिएका क्यानेडियन व्यावसायी हुन् । 

जाओले सन् २०१७ मा बाइनान्सको स्थापना गरेका थिए । बाइनान्स स्थापना भएको दोस्रो वर्षमा नै विश्वको सबैभन्दा धेरै क्रिप्टोकरेन्सी गर्ने एक्स्चेन्ज गर्ने प्लेटफर्म बनेको थियो । साथै बाइनान्सको प्रयोग गरेर आपराधिक गतिविधि समेत हुने गरेको भन्दै अदालतमा बाइनान्स विरुद्ध वकालत समेत भएका थिए । 


 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८१ १८:२२