close

नेपालभर गिफ्ट पठाउन सकिने अनलाइन प्लेटफर्म ‘कोसेली एक्सप्रेस’

टेकपाना टेकपाना

बैशाख २३, २०८१ १६:६

नेपालभर गिफ्ट पठाउन सकिने अनलाइन प्लेटफर्म ‘कोसेली एक्सप्रेस’

काठमाडौं । विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गर्दै अनलाइन गिफ्ट पसल कोसेली एक्सप्रेस सञ्चालनमा आएको छ । नेपालमा आफ्ना आफन्त तथा इष्टमित्रलाई उपहार पठाउन सकिने गरी कोसेली एक्सप्रेस सञ्चालनमा आएको हो ।

कोसेली एक्सप्रेस मार्फत नेपाल तथा विश्वभरिबाट जन्मदिन, विवाहको वर्षगाँठ तथा विभिन्न चाडपर्वको अवसरमा अनलाइनबाटै केक, चकलेट, विभिन्न फास्ट फुड लगायतका उपहार पठाउन सकिने छ । कम्पनीका अनुसार यो सेवा काठमाडाैं, पोखरा लगायतका नेपाल १०० बढी सहरमा उपलब्ध छ ।

त्यस्तै प्लेटफर्मबाटै ज्योतिष सेवा, वास्तु सेवा, गृह आरम्भ लगायत पूजा कार्य समेत गर्न सकिने कम्पनीले जनाएको छ । साथै यसमार्फत गिफ्ट तथा सेवा खरिद गर्दा विदेशी तथा स्वदेशी एटीएम कार्ड प्रयोग गरी भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

कोसेली एक्सप्रेसको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८१ १६:६