close

साइकलबाट पठाओको फुड डेलिभरी गर्ने राइडरहरूको महिनाकै कमाई ५० हजारसम्म

टेकपाना टेकपाना

बैशाख २४, २०८१ १०:३१

साइकलबाट पठाओको फुड डेलिभरी गर्ने राइडरहरूको महिनाकै कमाई ५० हजारसम्म

काठमाडौं । राइड शेयरिङ र फुड डेलिभरी कम्पनी पठाओका हिरो अर्थात् साइकलमा फुड डेलिभरी गर्नेहरूले मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् ।  पठाओ हिरोहरूको मासिक कमाइ औसत ४० हजारसम्म हुने गरेकोमा 'दोस्रो पठाओ फुड फेस्ट २०२४' अवधिमा भने ५० हजार रुपैयाँसम्म पुगेको कम्पनीले जनाएको छ । 

कम्पनीकी मार्केटिङ प्रमुख सुरक्षा हमालका अनुसार फुड फेस्टमा दुई लाख ६० हजारभन्दा बढी अर्डर डेलिभरी भएको छ । चैत अन्तिम हप्तादेखि २१ दिनसम्म सञ्चालन भएको फेस्टको बम्पर प्राइजमा भाग्यशाली विजेता सन्ध्या कार्कीले आईफोन १५ जित्न सफल भएकी छन् । 

पठाओले साप्ताहिक तथा बम्पर विजेता छनौट  फेस्टको समयमा धेरै अर्डर गर्ने ग्राहकहरू मध्येबाट चयन गरेको बताइएको छ । त्यसैगरी शीर्ष दुई पठाओ हिरो गंगाबहादुर राई र वीरेन्द्रबहादुर सिंहले भने उपहारका साथै प्यांक बाइक्सका तर्फबाट एक/एक ओटा साइकल समेत जितेका छन् । 

पठाओ हिरोहरूले स्मार्ट वाच, पावर बैंक, एयर वड्स, ज्याकेट तथा ट्राउजर, टि–सर्ट, चस्माका साथै जिपलाइन भौचर, प्याराग्लाइडिङ भौचर लगायतका उपहारसँगै रेस्टुराँ छुट भौचर एवम् १० हजार, २५ सय, दुई हजारका क्वेस्ट भौचर उपहार जितेका छन् ।

फुड फेस्टमा मेहनत गर्ने शीर्ष ३८ पठाओ हिरोलाई कम्पनीले मजदुर दिवसका अवसरमा पुरस्कृत समेत गरेको थियो । “कम्पनीले यसअघि सञ्चालन गरेका अन्य क्याम्पेनको तुलनामा यस पटक रेस्टुराँमा अर्डर लिनेको सङ्ख्या उल्लेख्य भएको पाइयो”, हमालले भनिन् ।

यस अवधिमा फुड आर्डर गर्ने ग्राहकले धुलिखेल जिपलाइन, चन्द्रागिरि प्याराग्लाइडिङ, बेलुन नेपाल, गिटार शप, इना सेन्टर, यति एयरलाइन्स, सीजी इन्टरनेट, प्याङ्क बाइक, डोल्पो, अल्टिमा, माक्कुसे, मिशिसा, जीभी, ब्लेस, मिनिसो, र्‍याप्सी, न्यु–मिउ, उप्स र क्युबेक्सबाट भौचर तथा उपहार समेत प्राप्त गरेका छन् ।

साथै हरेक साता सबैभन्दा धेरे अर्डर गर्ने भाग्यशाली ग्राहकलाई ३० सेकेन्डका लागि मिनिसोका विभिन्न आउटलेटमा ३० सेकेन्डका लागि निःशुल्क शपिङ गराइएको थियो । फेस्ट सकिएपनि ग्राहकलाई आकर्षित गर्न छुट मूल्यमा ९९ अफर सुरु गरिएको  पठाओले जनाएको छ । 

जसअन्तर्गत बढी मूल्यका परिकारहरू ९९ रुपैयाँमै उपलब्ध हुनेछन् । यसका साथै ग्राहकले हरेक अर्डरमा प्राप्त हुने सीओर सट स्क्र्याच कार्डमा पार्टनर तथा रेस्टुराँ र कम्पनीका तर्फबाट आकर्षक छुट भौचर समेत प्राप्त गरेका थिए ।।

 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८१ १०:३१