close

भिभोले ल्यायो मातातीर्थ औंसीमा आमालाई गिफ्ट दिन उपयुक्त नयाँ मोबाइल

टेकपाना टेकपाना

बैशाख २४, २०८१ १८:१८

भिभोले ल्यायो मातातीर्थ औंसीमा आमालाई गिफ्ट दिन उपयुक्त नयाँ मोबाइल

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी भिभोले मातातीर्थ औंसीको अवसर पारेर स्लिक डिजाइन, शक्तिशाली कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्री भएको भिभो वाई ०३ बजारमा सार्वजनिक गरेको छ । आकर्षक मूल्य  र प्रभावशाली सुविधाहरूको साथ सोमबारदेखि देशभरका अधिकारिक रिटेल स्टोर र दराज अनलाइनमार्फत एकै पटक सार्वजनिक भएको हो । 

४+४ जीबीको एक्सटेन्डेड र्‍याम र ६४ जीबी स्टोरेज क्षमता रहेको यो फोनको मूल्य १३,४९९ रहेको छ । भिभो वाई ०३ मा ९०हर्जको रिफ्रेश रेटका साथै ६.५६ इन्चको इमर्सिभ डिस्प्ले छ । जसले सिमलेस भिजुअल र सहज नेभिगेसनको प्रदान गर्दछ । मिडियाटेक हेलिओ जी ८५ प्रोसेसरबाट सञ्चालित यो फोनमा प्रयोगकर्ताहरूले प्रभावकारी रूपमा मल्टिटास्किङ र सहज कार्यसम्पादन गर्न सक्ने बताइएको छ । 

आकर्षक डिस्प्ले र बलियो कार्यसम्पादन बाहेक भिभो वाई ०३ मा ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री राखिएको छ । यसको साथमा आउने १५ वाटको फ्ल्याश चार्जले दिनभर उपयोग गर्न सकिने ग्यारेन्टी प्रदान गर्छ । पछिल्लो एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित फन टच ओएस १४ मा चल्ने वाई ०३ मा सहज र सुविधाजनक विकल्पहरू पाउन सकिनेछ । 

अमूल्य सम्झनाहरू कैद गर्नका लागि भिभो वाई ०३ को पछाडि भागमा दुई ओटा १३ एमपी रियर क्यामेरा भएको सेटअप रहेको छ । त्यस्तै सेल्फी र भिडिओ कलका लागि पाँच एमपी फ्रन्ट क्यामेरा रहेको यो फोन आईपी ५४ रेटिङ प्राप्त हो । 

जसले यसलाई दैनिक प्रयोगको लागि भरपर्दो बनाउनुका साथै धुलो र पानीका थोपाहरूबाट सुरक्षा प्रदान गर्छ । भिभो वाई ०२ टी भने अब १२ हजार ९९९ मै पाइनेछ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८१ १८:१८