काठमाडौं । सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थी स्नेहा लामिछाने एक हप्तादेखि सम्पर्कविहिन भएकी छिन् । स्नातक तह अन्तर्गत कम्प्युटर इन्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययनरत २२ वर्षीया लामिछाने गत १८ वैशाखदेखि सम्पर्कविहीन भएकी हुन् ।
चितवन घर भएकी उनी कलङ्कीमा आफन्तकहाँ बसेर कलेज पढ्थिन् । छोरी सम्पर्कमा नआएपछि २० वैशाखमा आमा शोभा लामिछानेले प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सीसीटिभी फुटेजमा अन्तिम पटक स्नेहा कलङ्कीकाे भाटभटेनीमा देखिएकी थिइन् । स्नेहालाई कसैले देखे जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।
अपडेट: पारिवारिक स्रोतका अनुसार एक हप्तादेखि हराइरहेकी लामिछाने आज (बुधबार) साँझ पशुपति क्षेत्रमा सकुशल भेटिएकी छिन् ।