close

सामाजिक सञ्जालको ट्रेन्डिङमा सन्दीप लामिछाने

टेकपाना टेकपाना

जेठ २, २०८१ १९:५२

सामाजिक सञ्जालको ट्रेन्डिङमा सन्दीप लामिछाने

काठमाडौं । सामाजिक सञ्जालको ट्रेन्डिङमा क्रिकेटर सन्दीप लामिछानेको नाम आएको छ । बुधवार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा लामिछाने ट्रेन्डिङमा आएका हुन् ।

मंगलवार मुद्दाको सुनुवाइ भएदेखि नै उनको पक्ष विपक्षमा पोस्ट तथा कमेन्ट गर्नेहरूको लहर लागेको थियो । बुधवार उच्च अदालतले लामिछानेको पक्षमा फैसला सुनाएपछि उनीबारे विभिन्न सामग्री पोस्ट र शेयर भइरहेका छन् । विशेषगरी फेसबुक, एक्स र युट्युब जस्ता प्लेटफर्ममा सन्दीप लामिछानेको नाम ट्रेन्डिङमा छ । फेसबुकमा सन्दीप लामिछाने सर्च गर्ने हो भने उनको ह्याशट्याग राखेर ४४ हजार बढी पोस्ट भएका छन् । ​

 

यता सामाजिक सञ्जाल एक्समा पनि नेपालमा, स्पोर्ट्स सेक्सन र क्रिकेटमा सन्दीप लामिछानेकै नाम ट्रेन्डिङमा छ । 

यसैबीच लामिछानेले विभिन्न सञ्चार माध्यमसँगको कुराकानीमा पीडित भनिएकी गौशाला-२६ प्रति नकारात्मक टिप्पणी नगर्न समेत अनुरोध गरेका छन् । यो समाचार तयार पार्दासम्म लामिछानेले सामाजिक सञ्जालका कुनै पनि माध्यमबाट यस विषयमा आफ्नो धारणा दिइसकेका छैनन् । 

पछिल्लो अध्यावधिक: जेठ २, २०८१ १९:५२