close

इथिकल ह्याकर हिमाशुंराज कँडेलको निधन

टेकपाना टेकपाना

बैशाख ५, २०८१ १७:३९

इथिकल ह्याकर हिमाशुंराज कँडेलको निधन

काठमाडौं । इथिकल ह्याकर हिमाशुंराज कँडेलको निधन भएको छ । साइबर सुरक्षा कम्पनी भैरव टेक्नोलोजीमा आबद्ध २५ वर्षीय कँडेल मंगलवार आफू बसेको घरमा मृत अवस्थामा फेला परेका हुन् । मृत्युको कारण नखुलेको कम्पनी स्रोतले जनाएको छ ।   

“हाम्रा प्रिय कर्मचारी हिमांशुराज कँडेलको निधनमा भैरव टेक्नोलोजी शोक व्यक्त गर्दछ,” कम्पनीको शोक वक्तव्यमा भनिएको छ, “उहाँको प्रभाव हाम्रो हृदयमा कहिल्यै नमेटिने गरी बसेको छ । उहाँले हाम्रो संगठनमा अमिट छाप छोड्नुभएको छ । र, उहाँलाई चिन्ने अवसर पाएका सबैको जीवनलाई छुनुभएको छ ।”

कँडेल विगत पाँच वर्षदेखि भैरव टेक्नोलोजीमा सेक्युरिटी इन्जिनियरका रुपमा कार्यरत थिए । त्यसअघि उनी डेढ वर्ष सिनिकल टेक्नोलोजीमा सिनियर सेक्युरिटी एनालिस्ट थिए । १६ साउन २०५५ मा जन्मिएका उनले पोखरा इन्जिनियरिङ केलजबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका थिए ।

पेनटेस्टर कम्युनिटीमा उनी ‘अल्फा’ नामबाट परिचित थिए ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८१ १७:४८