close

विन्डोजमा पनि आयो यसअघि एप्पल डिभाइसमा मात्र चल्ने आर्क ब्राउजर, अरूभन्दा के छ फरक ?

टेकपाना टेकपाना

बैशाख २०, २०८१ १६:२०

विन्डोजमा पनि आयो यसअघि एप्पल डिभाइसमा मात्र चल्ने आर्क ब्राउजर, अरूभन्दा के छ फरक ?

काठमाडौं । अब विन्डोजमा पनि आर्क ब्राउजर उपलब्ध भएको छ । एप्पल डिभाइसमा मात्र चलाउन मिल्ने आर्क ब्राउजर अब विन्डोजमा पनि आएको हो । 

द ब्राउजर कम्पनीले यो ब्राउजर सन् २०२२ मा सार्वजनिक गरेको थियो । जसलाई कम्पनीले 'इन्टरनेटका लागि अपरेटिङ सिस्टम'को रूपमा ब्रान्डिङ गर्दै आएको छ । यसलाई एप्पलले आईफोन तथा म्याक एप बनाउन प्रयोग गर्ने स्विफ्ट (Swift) प्रोग्रामिङ ल्याङ्ग्वेजमा तयार पारिएको छ । विन्डोजमा पनि यो ब्राउजरले ‍एप्पल भर्सनकै फिचर दिने बताइएको छ । 

यसमा प्राय: प्रयोग भइरहेका वेब पेजहरू टप बारमा पिन भएर बस्ने गर्छन् । यसबाहेक प्रयोगकर्ताले आफू अनुकूलका विभिन्न फोल्डरहरू समेत बताउन सक्छन् । यो ब्राउजरमा तेर्सो ट्याब बारको साटो किनारातिर ठाडो ट्याब बार दिइएको छ । यस बाहेक आर्क ब्राउजरमा टचस्क्रिन सपोर्ट, मल्टिपल अकाउन्ट, स्प्लिट भ्यु, पिक्चर इन पिक्चर भिडिओ प्लेयर लगायतका फिचर पनि छन् ।

त्यस्तै विन्डोज भर्सनका लागि यसमा 'पिक' (peek) नामक फिचर पनि राखिएको छ । यसबाट प्रयोगकर्ताले कुनै पनि लिङ्क क्लिक नगरी त्यसमा भएको सामग्रीको प्रिभ्यु हेर्न सक्ने छन् । साथै विभिन्न डिभाइसमा ब्राउजर चलाउने अनुभव राम्रो बनाउन 'आर्क सिंक' नामक फिचर पनि दिइएको छ ।

अकाउन्ट बनाएर प्रयोग गर्न सकिने यो फिचरले प्रयोगकर्ताका ट्याबहरूलाई सिंक गर्छ । जो इन्क्रिप्टेड तथा सुरक्षित रूपमा रहने र सम्बन्धित प्रयोगकर्ताका लागि मात्रै पहुँचमा रहने बताइएको छ ।

यद्यपि अहिले यो ब्राउजर विन्डोज ११ मा मात्र चल्छ । तर डेभलपरका अनुसार विन्डोज १० पनि यो ब्राउजरले चाँडै सपोर्ट गर्नेछ । आफ्नो विन्डोज कम्प्युटरमा आर्क ब्राउजर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८१ १६:२०