close

बीवाईडीका ब्रान्ड न्यु ईभीसँग पुराना गाडी साट्न सकिने, ९ माघदेखि देशभर एक्स्चेन्ज फेस्ट हुने

टेकपाना टेकपाना

माघ ७, २०८१ १४:२२

बीवाईडीका ब्रान्ड न्यु ईभीसँग पुराना गाडी साट्न सकिने, ९ माघदेखि देशभर एक्स्चेन्ज फेस्ट हुने

काठमाडौं । बीवाईडीका ब्रान्ड न्यु ईभीसँग ग्राहकहरूले आफ्ना पुराना गाडी साट्न सक्ने भएका छन् । बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यसका लागि देशव्यापी रूपमा ‘एक्स्चेन्ज फेस्ट’ आयोजना गर्ने भएको हो । 

पाँच दिनसम्म चल्ने उक्त मेला ९-१३ माघसम्म आयोजना हुने बताइएको छ । एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडी दिएर बीवाईडीको ब्रान्ड न्यु ईभी लिन सक्ने छन् । यसरी एक्स्चेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्याङ्कनका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनसका साथै प्रिमियम एक्सेसरिज तथा चार्जर निःशुल्क जडान गर्ने सुविधा पाउनेछन् ।   

कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायण घाटमा आयोजना हुनेछ । एक्स्चेन्ज फेस्टमा सहभागी भएर ग्राहकले आफ्नो पुरानो गाडी बीवाईडीको एट्टो ३, डल्फिन र एम ६ जस्ता ईभीसँग एक्सचेन्ज गर्न सक्नेछन् ।   

बीवाईडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो ३, डल्फिन र एम ६ मोडेल निकै लोकप्रिय मानिन्छन् । बिक्री पछिको सेवा र चार्जिङ पूर्वाधारको विकासमा साइमेक्स इंकले पुर्‍याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने ईभी पारखीको जमात निकै ठुलो छ । 

 

पछिल्लो अध्यावधिक: माघ ७, २०८१ १४:२२