close

यस्तो छ, लिक भएको जेडटीईको फाइभजी स्मार्टफोन ‘द एक्सन टेनएस प्रो’ को डिजाइन

टेकपाना टेकपाना

पुस १७, २०७६ १६:७

यस्तो छ, लिक भएको जेडटीईको फाइभजी स्मार्टफोन ‘द एक्सन टेनएस प्रो’ को डिजाइन

चिनियाँ मोबाइल निर्माता कम्पनी जेडटीईको फ्ल्यागसिप फोन ‘द एक्सन १० एस प्रो फाइभजी’ सार्वजनिक हुनु एक महिना अगाडि नै त्यसको डिजाइन लिक भएको छ । यद्यपी जेडटीईले हालसम्म उक्त फोन सार्वजनिक गर्ने मिति घोषणा गरेको छैन ।

टेनाले गरेको खुलासा अनुसार फोनमा स्न्यापड्रागन ८६५ एसओसी रहेको छ । ६.४७ इन्चको एफएचडी प्लस ओलेड डिस्प्ले रहेको फोनमा ३९०० एमएएच ब्याट्री रहेको छ । यसमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्रयोग गरिएको छ ।

यो फोन तीनओटा र्‍याम तथा स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । त्यसमा एउटा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज, ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज र १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेजका साथ आउने बताइएको छ ।

२० मेगापिक्सेलको फ्रन्टफेसिङ सुटर तथा ब्याक सेटअपमा ट्रिपल क्यामेरा सेटअप रहेको मोबाइलमा ४८ मेगापिक्सेलको प्राइमरी लेन्स, २० मेगापिक्सल अल्ट्रावाइड लेन्स र ८ मेगापिक्सल्स टेलिफोटो लेन्स र थ्री एक्स अप्टिकल जूम रहेको छ ।

यो फोन स्लिक ब्लु तथा ब्ल्याक डिजाइनमा बजारमा आउने टेनाले उल्लेख गरेको छ । यसमा रेयर फेसिङ क्यामेरा सेटअप रहेको छ । सार्वजनकि भएको फोटो अनुसार यसको बेजल र फ्रन्ट क्यामेरा सेटअप भने खासै राम्रो देखिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०