close

अब अनलाइनबाटै सुदूरपश्चिम जाने टिकट

टेकपाना टेकपाना

पुस २३, २०७६ २०:१३

अब अनलाइनबाटै सुदूरपश्चिम जाने टिकट

सुदूरपश्चिम जाने बसको टिकट अब अनलाइनबाटै लिन सकिने भएको छ । बस सेवाको सहकार्यमा सदूरपश्चिमको महाकाली यातायातको टिकट काट्न काउन्टरसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।

अनलाइन टिकेटिङको काम गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा महाकाली यातायातबाट काठमाडौंदेखि महेन्द्रनगरसम्म तथा महेन्द्रनगरदेखि बुटवल, पोखरा चल्ने एसी तथा डिलक्स बसको टिकट काट्न सकिने अध्यक्ष डम्बरराज पन्तले जानकारी दिए ।

यात्रुहरूले बससेवा डटकम, ई–सेवा, बससेवाको मोबाईल एप्लिकेसन मार्फत महाकाली यातायातको टिकट काट्न सक्नेछन् । नजिकको इसेवा जोन, ई–सेवा प्वाइन्ट, लगायत साइबर क्याफे, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिने जनाइएको छ ।

यस्तै विदेशबाट समेत टिकट काट्न सकिने सुविधा मिलाइएको छ । महाकाली यातायात अनतर्गत हाल करिब ६ सय सवारी साधन सञ्चालनमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०