close

सामसङ ग्यालेक्सी एस ट्वान्टीमा ४० मेगापिक्सेलको सेल्फी क्यामरा

टेकपाना टेकपाना

माघ ५, २०७६ १०:२८

सामसङ ग्यालेक्सी एस ट्वान्टीमा ४० मेगापिक्सेलको सेल्फी क्यामरा

एजेन्सी । सामसङले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन आउँदो फ्रेब्रुअरी दोस्रो साता सार्बजनिक गर्ने तयारी गरिरहेको छ । सानफ्रान्सिस्कोमा सार्वजनिक गरिने उक्त फोनमा रहेका फिचरहरु विस्तारै बाहिर आउने क्रम जारी छ।

त्यसै क्रममा हाल सामसङ ग्यालेक्सी एस ट्वान्टी, ट्वान्टी प्रो र ट्वान्टी अल्ट्रामा रहेको फ्रन्ट क्यामरको विषयमा जानकारी बाहिरिएको छ । जस अनुसरा फोनमा ४० मेगा पिक्सेलको सेल्फी अर्थात फ्रान्ट क्यामरा रहेको छ । ६.९ इञ्चको एम्लोड डिस्प्ले हुने फोनमा ६४ प्लस, १२ पल्स १२ गरी तीन वटा मेन क्यामरा हुनेछन् ।

क्वालकम स्न्यापड्रागन ८६५ प्रोसेसरका साथ आउने फोनमा पाँच हजार एमएएसच क्षमताको ब्याट्री रहेको छ । यो फोन १२८, २५६ र ५१२ जीबी इन्टरनल मेमोरीका साथ आउने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१