close

यस्तो छ अब आउने साओमीको स्मार्टफोन एमआई टेन प्रो

टेकपाना टेकपाना

माघ ७, २०७६ १५:८

यस्तो छ अब आउने साओमीको स्मार्टफोन एमआई टेन प्रो

एजेन्सी । सामान्यतया साओमीले आफ्ना फ्ल्यागसिप फोनहरु विशेषगरी फेब्रुअरी तथा मार्च महिनामा सार्वजनिक गर्ने गर्छ । वाइबो टिप्स्टार वेबसाइटमा साओमीको एमआई १० प्रो फाइजी फोनका तस्विर सार्वजनिक भएका छन् ।

यद्यपी ती तस्विरसँगै नयाँ फोनको बारेमा केही विषयहरु पनि खुलासा भएका छन् । तस्विरमा एचआई रेस अडियो ब्राण्डिङ (मी नोट टेनमा जस्तै), १०८ मेगापिक्सल्स प्राइमेरी सेन्सर भएको क्वाड रियर क्यामेरा, तथा माथिल्लो भाग र तल्लो भागमा स्पिकर ग्रिल देख्न सकिन्छ । 

फोनको बायाँ भागमा एउटा पञ्च होल कटआउट छ, जुन डुअल कर्भड स्क्रिनमा छ । लिक भएका तस्विर अनुसार यो फोनमा पपअप क्यामेरा रहने ठाउँ देखिएको छैन । यसमा आईआर ब्लास्टर छ वा छैन भन्ने कुरा पनि यकिन भन्न त सकिन्न तर यसमा हेडफोन पोर्ट भने छैन ।

यसमा ६५ वाटको फास्ट चार्जर भएको देखिन्छ । साओमीले स्नापड्रागन टेक समिटमा गत महिना यो फोनको एक झलक प्रदर्शन गरेको थियो र कम्पनीले यो फोनमा स्नापड्रागन ८६५ चिपसेट हुने बताएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१