close

फिक्स्ड लाइन इन्टरनेटमा फाइबरको दबदबा, ५ वर्षमै ५५ गुणा प्रयोगकर्ता थपिए

युजु खालिङ युजु खालिङ

माघ ७, २०७६ १९:१६

फिक्स्ड लाइन इन्टरनेटमा फाइबरको दबदबा, ५ वर्षमै ५५ गुणा प्रयोगकर्ता थपिए

काठमाडौं । मोबाइल ब्रोडब्याण्डको तुलनामा फिक्स्ड ब्रोडब्याण्ड सेवा सस्तो मानिन्छ । फिक्स्ड ब्रोडब्याण्डको क्षेत्रमा वितेका तीन वर्षमा फाइबरले फिक्स्ड ब्रोडब्याण्डको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अप्टिकल फाइबर सञ्जालको पूर्वाधारमा लगानी बढाइरहेका छन् ।
विगत पाँच वर्षको आँकडा केलाउने हो भने फाइबर इन्टरनेटले नाटकीय प्रगति गरेको छ । २०७३ पछिको एक वर्षमा मात्रै फाइबर इन्टरनेटका प्रयोगकर्ता दोब्बरभन्दा बढीले बृद्धि भएको थियो । त्यो क्रम त्यस यताका हरेक वर्ष बढ्दो छ । २०७३ मा १२ हजार फाइबर इन्टरनेटका प्रयोगकर्ता रहेकोमा २०७६ को असोजसम्म आइपुग्दा ६ लाख ७५ हजार ५५१ पुगेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार हाल नेपालमा ९ लाख ४७ हजार ८६५ ग्राहकले फिक्स्ड ब्रोडब्याण्ड जडान गरेका छन् । यस हिसावले अहिलेको समयमा कुल फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्तामा अप्टिकल फाइबर इन्टरनेट चलाउनेहरु ७१ प्रतिशतभन्दा बढी छन् । जब कि पाँच वर्ष अगाडि अप्टिकल फाइबर इन्टरनेटको हिस्सा चार प्रतिशत मात्रै रहेको थियो ।

अहिले डायलप इन्टरनेट पुर्णतया विस्थापित नै भइसकेको छ । केबल, वायरलेस तथा अन्य किसिमका प्रविधि प्रयोग गरिरहेका ग्राहक समेत फाइबरमा प्रविधि प्रयोग गर्न थालेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१