close

निर्मल पुर्जाको ‘फोर्टिन पिक्स’ नेटफ्लिक्समा सार्वजनिक

टेकपाना टेकपाना

मंसिर १३, २०७८ १७:१६

निर्मल पुर्जाको ‘फोर्टिन पिक्स’ नेटफ्लिक्समा सार्वजनिक

काठमाडौं । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनामा आरोहण गरेर विश्व कृतिमान राखेका आरोही निर्मल पुर्जा पुनको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ आज सोमबार नेटफ्लिक्समा सार्वजनिक भएको छ । यो वृत्तचित्र ३१ भाषामा सार्वजनिक भएको हो ।

वृत्तचित्रमा नेपालको हिमाल आरोहणको इतिहासलाई पनि समेटिएको छ । पुर्जाले छोटो समयमा गरेको हिमाल आरोहणको यात्रा वृत्तचित्रको प्रमुख विषय हो ।

यसमा पुर्जाको व्यक्तिगत जीवनको उतारचढावलाई पनि समेटिएको छ । पुर्जाले डकुमेन्ट्रीमा यो मिसनको उद्देश्य, सुरुवात, टिम र अनुभवको विषयमा कुरा गरेका छन् ।

३६ वर्षीय पुर्जाले ‘प्रोजेक्ट पसिबल’ अन्तर्गत १४ वटा हिमालको सफल आरोहण गरेका थिए । 

उनले सात महिनाको अवधिमा अन्नपूर्ण हिमाल, सिसापाङ्गमा हिमाल, मनास्लु, चोयु, ब्रोड पिक, केटु, गासरब्रम १, गासरब्रम २, नागा पर्वत, मकालु, सगरमाथा, ल्होत्से, कन्चनजङ्गा र धौलागिरी हिमाल आरोहण गरेका थिए ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२