close

एलन मस्कले गरे ‘रोबोट्याक्सी’ ल्याउने घोषणा

टेकपाना टेकपाना

चैत २६, २०७८ ११:१

एलन मस्कले गरे ‘रोबोट्याक्सी’ ल्याउने घोषणा

काठमाडौं । विद्युतीय सवारी निर्माण गर्ने कम्पनी ट‍ेस्लाले सेल्फ ड्राइभिङ ट्याक्सी अर्थात ‘रोबोट्याक्सी’ को अवधारणामा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीका कार्यकारी प्रमुख एलन मस्कले टेस्लाको पहिलो ‘डेडिकेटेड रोबोट्याक्सी’ निर्माण गर्ने बताएका हुन् । यद्यपि कहिलेसम्म बनिसक्छ, अथवा कहिलेसम्म बनाएर सञ्चालनमा ल्याउने ठोस समयबारे भने मस्कले केही बताएका छैनन् ।

टेस्लाले गत वर्ष नै रोबोट्याक्सीको योजना सार्वजनिक गरेको थियो । योभन्दा अगाडि मस्कले पूर्ण रुपमा स्वचालित कार सन् २०१९ सम्म तयार हुने बताएका थिए भने २०२० सम्म अमेरिकी बजारमा रोबोट्याक्सीहरू सञ्चालनमा आउने बताएका थिए ।

यद्यपि मस्ककाे डेडलाइन बारम्बार सर्ने कुरा कुनै नौलो भने होइन । रोबोट्याक्सीमा एउटा मान्छेले चलाएको जस्तै गाडीको अनुभव हुने उनले बताएका छन् ।

बिहीबार मात्रै उनले उत्तर अमेरिकाका प्रयोगकर्ताहरूको लागि ‘फूल सेल्फ ड्राइभिङ’ फिचरको बेटा सफ्टवेयर सार्वजनिक गर्ने उनले बताएका छन् ।

यही जनवरीमा टेस्लाले यस वर्ष मानिसले चलाएको भन्दा सुरक्षित हुने पूर्ण स्व-चालित गाडी सार्वजनिक गर्ने दाबी पनि गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५