close

आईफोनमा क्यास हटाउने तरिका

टेकपाना टेकपाना

असार २२, २०७९ ८:१२

आईफोनमा क्यास हटाउने तरिका

काठमाडौं । क्यास र कुकिजले तपाईंको ब्राउजरलाई ढिलो गराएर त्यसको पर्फमेन्सलाई रोकिदिने गर्छ । तपाईंको ब्राउजरमा कतिवटा ट्याब खुला होलान् ?

ई-मार्केटरका अनुसार एउटा व्यक्तिले औसतमा दैनिक चार घण्टा मोबाइल इन्टरनेटमा समय बिताइरहेका हुन्छन् । त्यो चार घण्टामा तपाईंको फोनले क्यास र कुकिजलाई प्राप्त गर्ने, एक्सेस गर्ने र सेभ गर्ने काम गरिरहेको हुन्छ ।

के हो क्यास ?

क्यासले केही डेटा, अन्तिम पटक भिजिट गरिएको वेबसाइट वा फोटाेका भागलाई अस्थायी रूपमा भण्डारण गर्ने गर्छ । यसले तपाईंलाई एकपटक इन्टरनेटमा सर्च भएका विषयवस्तु पुनः सर्च गर्नुपरेको खण्डमा सहज बनाउँछ । यसको अर्थ एकपटक खोजीका विषय वस्तु पुनः खोज्दा छिटो खुल्नेछ ।

त्यतिमात्रै नभएर वेबसाइटले तपाईंको ब्राउजिङ हिस्ट्री ट्रयाक गर्नका लागि पनि क्यासको प्रयोग गरिरहेको हुन्छ, जसले पर्सनलाइज्ड विज्ञापन गर्नका लागि कम्पनीहरुलाई मद्धत पुग्छ । क्यास बढी हुनु भनेको तपाईंको ब्राउजर स्लो हुनु हो ।

किनभने यदि तपाईंको ब्राउजरमा धेरै समयदेखि क्यास तथा कुकिज बाँकी रहेको छ भने त्यसको असर वेबसाइटहरूमा देखिन थाल्छ ।

त्यो हुँदा समय समयमा मोबाइल ब्राउजरको क्यास तथा कुकिज डिलिट गर्न आवश्यक हुन्छ । 

आईफोनमा क्यास कसरी हटाउने ?

  • सबैभन्दा पहिले सेटिङमा जानुहोस् ।
  • त्यसपछि सफारी छान्नुहोस् ।
  • त्यहाँ स्क्रोल गर्दै जानुभयो भने क्लियर हिस्ट्री एण्ड वेबसाइट डेटा भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यसमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि क्लियर हिस्ट्री एण्ड डेटा भन्ने अप्सन देखिन्छ ।
  • तपाईंलर क्लिर हिस्ट्री एण्ड डेटामा ट्याप गर्नुभयो भने क्यास र कुकिज तपाईंको डिभाइसबाट डिलिट हुनेछन् । सिस्टमको अटोफिल जानकारीमा भने केही प्रभाव पार्दैन ।

सफारीमा हिस्ट्री भण्डारण नहुने गरी कसरी ब्राउज गर्ने?

  • सबैभन्दा पहिले सफारीमा जानुहोस् ।
  • त्यसपछि ट्याबमा ट्याप गर्नुहोस् ।
  • त्यहाँ रहेको प्राइभेटमा ट्याप गरेर ब्राउज गर्नुभयो भने तपाईंले सर्च गरेका कुरा हिस्ट्रीमा बस्दैनन् ।

के क्यास हटाउनु अफलोडिङ जस्तै हुन्छ?

  • अफलोडिङले फोनमा कम स्टोरेज हुँदा स्लो हुन नदिने कुरामा सहयोग गर्छ । अफलोडिङले विशेषगरी एपसँग सम्बन्धित डकुमेन्ट वा डेटा डिलिट नगरी एपलाई अनइन्सटल गर्ने काम गर्छ ।
  • एपलाई अफलोड गर्नका लागि निम्नानुसारका प्रक्तिया अपनाउनु होस् ।
  • सबैभन्दा पहिले सेटिङमा जानुहोस् ।
  • त्यसपछि आईफोन स्टोरेजमा जानुहोस् ।
  • त्यहाँ गएर आफूले अपलोड गर्न चाहेको एपमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि अपलोड एप भन्ने अप्सनमा ट्याप गर्नुहोस् । तपाईंले एप पुनः डाउनलोड गर्नुभयो भने तपाईंले जस्तो अवस्थामा अपलोड गर्नु भएको थियो, त्यही अवस्थाबाट एप खुल्नेछ ।

क्रोममा भएको क्यासलाई आईफोनमा कसरी डिलिट गर्ने ?

यदि तपाईंले सफारीभन्दा गुगल क्रोम प्रयोग गर्न रुचाउनुहुन्छ भने त्यसमा भएका क्यासले तपाईंको ब्राउजरलाई स्लो बनाइरहेको हुन्छ । क्रोममा क्यास क्लियर गर्न तल उल्लेख गरिएको प्रक्रिया अपनाउन सक्नुहुन्छ ?

  • सबैभन्दा पहिले सेटिङमा जानुहोस् ।
  • त्यसपछि प्राइभेसीमा जानुहोस् ।
  • त्यसपछि क्लियर ब्राउजिङ डेटा छान्नुहोस् ।
  • डिलिट गर्नुपर्ने आइटममा जानुहोस् ।
  • त्यसपछि स्क्रिनको तलपट्टि भएको क्लियर ब्राउजिङ डेटामा ट्याप गरेर कन्फर्म गर्नुहोस् ।

के आईफोनमा कुकिज ब्लक गर्न सकिन्छ?

तपाईंले कुकिज ब्लक गरिसकेपछि वेबसाइटले तपाईंको कुनै पनि जानकारीमा पहुँच पाउन सक्दैनन् । यसको अर्थ तपाईंले कुकिज ब्लक गरेका केही वेबसाइटलाई अर्को पटक राम्रोसँग प्रयोग पनि गर्न सक्नुहुन्न ।

प्रायः प्रयोगकर्ता व्यक्तिगत प्रयोजनका लागि ब्राउज गर्ने गर्छन् । जसले गर्दा कुकिज उनीहरूका लागि फाइदाजनक नै हुन्छन् । त्यसका लागि सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यसपछि सफारी छान्नुहोस् । त्यहाँ गइसकेपछि ब्लक अल कुकिज (Block all Cookies) मा ट्याप गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३