close

फेसबुक मेसेन्जरमा यसरी रोक्नुहोस् अनावश्यक कल

टेकपाना टेकपाना

साउन ८, २०७९ १२:५९

फेसबुक मेसेन्जरमा यसरी रोक्नुहोस् अनावश्यक कल

काठमाडौं । तपाईंलाई कतिपय अवस्थामा मेसेन्जरमा आउने कलको रिङटोनले दिक्क बनाएको हुनसक्छ । वा तपाईंले वास्ता नगर्ने व्यक्तिबाट कल आइरहेको हुनसक्छ । तर, उनीहरूलाई न त ब्लक गर्न नै सकिन्छ, न त कल अस्वीकार गर्न सकिन्छ ।

त्यस्तो अवस्थामा तपाईंले के गर्न सक्नुहुन्छ भन्ने विषयमा यहाँ जानकारी दिँदैछौँ । सबैभन्दा पहिले तपाईंले कस्ता व्यक्तिबाट अनावश्यक कल पाइरहनु भएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

यो सेटिङ अपनाउँदा कतिपय अवस्थामा तपाईंले महत्त्वपूर्ण कल मिस गर्नुभएको हुनसक्छ । तपाईँका लागि यो विकल्प त्यतिबेला उपयुक्त हुन्छ जतिबेला तपाईं मेसेन्जर वा ब्राउजरमा आउने कलबाट दिकदार हुनुभएको हुन्छ ।

यो विकल्प अपनाएको खण्डमा तपाईंको डिभाइसमा कल आएको नोटिफिसेन आउँदैन । वा भनौं इनकमिङ टोन बज्दैन । तर, कल कुन व्यक्तिबाट आएको भन्ने चाहिँ कल कटिसकेपछि थाहा पाउन सकिन्छ । यदि महत्त्वपूर्ण कल रहेछ भने पछि कल ब्याक गर्न सक्नुहुन्छ ।

मेसेन्जरमा कसैको कलको नोटिफिकेसन नआउने बनाउने यसरी बनाउनुहोस् ।

  • सबैभन्दा पहिले ब्राउजरमा गइ फेसबुक सर्च गरेर लगइन गर्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको मेसेन्जरको आइकनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि मेसेन्जरको बक्समा माथिपट्टि रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि इनकमिङ कल साउण्डलाई डिसेबल गर्नुहोस् । जहाँ एक अर्को खण्ड देख्न सकिन्छ । जसमा कति समयका लागि नोटिफिकेसन अफ गर्ने हो भन्ने छान्न सकिन्छ ।
  • तपाईंले अन्टिल आई टर्न अन (Until I turn on) को अप्सनलाई छान्नुभयो भने तपाईंले अनलाइन हुँदा कोही व्यक्तिबाट आएको कल थाहा पाउनु हुन्न ।
  • माथि उल्लेखित प्रक्रिया अपनाइसकेपछि तपाईंको फोनको मेसेन्जर एपमा भने कल आइरहन्छ । मेसेन्जर एपमा आउने नोटिफिकेसन बन्द गर्ने प्रक्रिया हरेक फोन अनुसार फरक फरक पर्छ । तपाईंले सेटिङमा गएर, एप छानी, त्यसमा पर्मानेन्ट नोटिफिकेसन अफ गर्न सक्नुहुन्छ । तर, याद गर्नुहोस् , यसो गर्दा मेसेन्जरबाट आउने आउने हरेक नोटिफिकेसन अफ हुन्छ ।

यसरी तपाईंले कोहीबाट आउने अनावश्यक कल अस्वीकार गरी कम्प्युटरमा आफ्नो काम सहजै गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३