close

केयूमा ‘बीएस्सी कम्प्युटर साइन्स’ पढ्न चाहनुहुन्छ ? थाहा पाउनुहोस् यी कुरा

टेकपाना टेकपाना

भदौ ९, २०७९ १७:१२

केयूमा ‘बीएस्सी कम्प्युटर साइन्स’ पढ्न चाहनुहुन्छ ? थाहा पाउनुहोस् यी कुरा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि (आईसीटी)को यो जमानामा शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तन आएको छ । परम्परागत शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण घट्दो छ ।

सीप सिकाउने तथा रोजगार बन्न सघाउने नयाँ कोर्ष भित्रिएका छन् । तर धेरै विकल्प हुँदा आफूलाई कुन उपयुक्त कोर्ष हुन्छ भन्ने विषयमा विद्यार्थीमा अन्यौलता देख्न सकिन्छ ।

यसैबीच स्नातक तहमा सूचना प्रविधि कार्यक्रम पढ्न चाहनेका लागि काठमाडौं विश्वविद्यालय (केयू) ले बीएससी ईन कम्प्युटर साइन्स कार्यक्रमका लागि भर्ना खुलाएको छ ।

आज हामी यो कस्तो कार्यक्रम हो, कस्ता विद्यार्थीले पढ्न पाउँछन् र प्रवेश परीक्षाका लागि कसरी आवेदन दिने भन्ने विषयमा जानकारी दिँदै छौं । 

कस्ताे काेर्ष हाे बीएससी ईन कम्प्युटर साइन्स ?

कुल १३२ क्रेडिट आवर रहेकाे याे चार वर्षे (८ सेमेस्टर)काे शैक्षिक कार्यक्रममा विशेषगरी सफ्टवेयर डेभलपमेन्ट, एल्गाेरिदमका साथै गणितका विषय समावेश गरिएकाे छ ।

केयूकाे डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ्गले याे काेर्ष सञ्चालन गरिरहेकाे छ । विशेषगरी कम्प्युटिङ समस्यालाई प्रभावकारी ढंगले समाधान गर्ने कुरामा याे काेर्ष केन्द्रित छ ।

क-कसले अध्ययन गर्न पाउँछन् ?

कक्षा ११ र १२ मा विज्ञान विषय लिएर सबै विषयहरुमा न्यूनतम सी ग्रेड ल्याएका विद्यार्थीहरु यस काेर्ष गर्न याेग्य हुन्छन् ।

पढाइपछिकाे अवसर

याे काेर्ष गरेपछि सरकारी अथवा विभिन्न गैरसरकारी संंघसंस्थामा कम्प्युटर प्राेगामर, कम्प्युटर सिस्टम इन्जिनियर, कम्प्युटर सपाेर्ट स्पेसालिस्ट लगायतका भूमिकामा रही काम गर्न सक्छन् ।

साथै विश्वविद्यालयले अन्तिम समेस्टरकाे अन्तिम ३ महिनामा विद्यार्थीहरुलाई विभिन्न कम्पनीहरुमा इन्टर्नशिप लागि समेत पठाउने गरेकाे छ, जसले गर्दा विद्यार्थीहरुलाई काम पाउन सजिलाे हुने डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका प्रमुख बालकृष्ण बलले बताए ।

काेटा र छात्रवृत्ति

हाल केयूले याे काेर्षमा ६० जना मात्रै विद्यार्थी भर्ना लिने गरेकाे छ । साथै प्रवेश परीक्षा र प्रत्येक सेमेस्टरमा मेरिट बेसका आधारमा छात्रवृत्तिका प्रदान गर्ने गरेकाे छ । यसबाहेक केयूले राम्राे पढाइ भएका, तर आर्थिक अवस्था कमजाेर भएका विद्यार्थीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने गरेकाे छ । 

शुल्क

याे काेर्ष पढ्न ८ लाख  रुपैयाँ लाग्नेछ । पढाइ काभ्रे धुलिखेलमा हुने भए पनि याे वर्ष केयूले विद्यार्थीलाई सहज हाेस भन्ने उद्देश्यले देशका विभिन्न ठाउँहरुमा प्रवेश परीक्षा लिँदैछ ।

प्रवेश परीक्षाका लागि कहाँ आवेदन दिने ?

इच्छुक विद्यार्थीले भदाै २५ सम्म यहाँ क्लिक गरी आवेदन दिनसक्ने छन् । विश्वविद्यालयका अनुसार प्रवेश परीक्षा विराटनगर, जनकपुर,  भरतपुर, धुलिखेल, काठमाडाैं, पाेखरा, बुटवल र महेन्द्रनगरमा सञ्चालन हुनेछ ।

यस्तो छ पाठ्यक्रम

Year/ Semester ( I/I )

Subject CodeSubjectCredit
MATH 101Calculus and Linear Algebra3
PHYS 101General Physics I3
COMP 102Computer Programming3
ENGG 111Elements of Engineering I3
CHEM 101General Chemistry2
EDRG 101Engineering Drawing I2
ENGG 101Workshop Technology2

Year/ Semester ( I/II )

Subject CodeSubjectCredit
MATH 104Advanced Calculus3
PHYS 102General Physics II3
COMP 116Object Oriented Programming3
ENGG 112Elements Of Engineering II3
ENGT 105Technical Communication2
ENVE 101Introduction to Environmental Engineering2
EDRG 102Engineering Drawing II2
ENGG 102Engineering Project2

Year/ Semester ( II/I )

Subject CodeSubjectCredit
MATH 208Statistics and Probability3
MCSC 201DiscreteMathematics/Structure3
EEEG 202Digital Logic3
EEEG 211Electronics Engineering I3
COMP 202Data Structures and Algorithms3
COMP 206Computer Project I2
EEEG 217Digital Electronics Laboratory Work 1

Year/ Semester ( II/II )

Subject CodeSubjectCredit
MATH 207Differential Equations and Complex Variables4
MCSC 202Numerical Methods3
COMP 204Communication and Networking3
COMP 231Microprocessor and Assembly Language3
COMP 232Database Management System3
COMP 207Computer Project II2

Year/ Semester ( III/I )

Subject CodeSubjectCredit
COMP 317Computational Operations Research4
MGTS 301Engineering Economics3
COMP 307Operating Systems3
COMP 315Computer Architecture and Organization3
COMP 316Theory of Computation3
COMP 342Computer Graphics3
COMP 311Combined/Computer Project1

Year/ Semester ( III/II )

Subject CodeSubjectCredit
MATH 322Combinatorics3
COMP 302System Analysis and Design3
COMP 409Compiler Design3
COMP 314Algorithms and Complexity3
COMP 323Graph Theory3
COMP 341Human Computer Interaction3
COMP 313Combined/Computer Project1

Year/ Semester ( IV/I )

Subject CodeSubjectCredit
MGTS 403Engineering Management3
COMP 401Software Engineering3
COMP 472Artificial Intelligence3
Elective I3
Elective II3

Year/ Semester ( IV/II )

Subject CodeSubjectCredit
MGTS 402Engineering Entrepreneurship3
COMP 486Software Dependability3
COMP 408Internship6

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३