close

यस्तो छ सगरमाथा शिखरबाट उडेको ड्रोनले खिचेको भिडिओ फुटेज

टेकपाना टेकपाना

भदौ ११, २०७९ १३:५३

यस्तो छ सगरमाथा शिखरबाट उडेको ड्रोनले खिचेको भिडिओ फुटेज

काठमाडौं । सगरमाथाको शिखर ८,८४८.८६ मिटरको उचाइमा छ, जुन २८ हजार फिटभन्दा बढी छ । चुचुराेमा पुग्न हिमाल आरोहणबाहेक हेलिकप्टरबाट मात्र जान पनि मुश्किल छ ।

क्यामेराले समेत राम्रो तस्वीर खिच्न नसक्ने यो उचाइमा ‘डीजेआई मेभिक ३’ (DJI Mavic 3) नामक ड्रोनले खिचेको भिडिओ सार्वजनिक भएको छ ।

सगरमाथाको चुचुरोमा हावाको चाप समुद्री सतहको एक तिहाइ हुन्छ, जसको अर्थ माथि उड्न निकै गाह्रो हुन्छ । यस्तोमा डीजेआई मेभिक ३ ड्रोन सगरमाथाको यो चुचुरोमा पुग्न मात्र सफल भएको छैन, सगरमाथाको एकदमै मनमोहक दृश्य पनि खिचेको छ ।

यो ड्रोन अन्य ड्रोनभन्दा धेरै फरक छैन, तर निकै हलुका भएकाले सगरमाथाको शिखरमा पुग्न सहज भएकाे बताइएकाे छ । यसको तौल एक लिटर पानीको भन्दा पनि कम छ ।

यो उपलब्धि डीजेआई र एटकेरअ (8KRAW) ले संयुक्त रूपमा आयोजना गरेका थिए । एटकेरअ एक चिनियाँ फोटोग्राफी संगठन हो, जसमा हजार भन्दा बढी योगदानकर्ता फोटोग्राफर छन् । यो काम मे २७ मा गरिएको थियो ।

यसैको फुटेज संकलन गरी अहिले ‘फ्लाइङ ओभर एभरेष्ट ‘ रिलिज भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३