काठमाडाैं । विन्डाेज ११ मा एन्ड्रोइड एपहरू क्रमबद्ध रुपमा उपलब्ध हुन थालेका छन् । अमेजन एपस्टाेरबाट एप डाउनलाेड गर्न केही सीमितता लागू गरिएकाे छ । तर याे सुविधा जाेकाेहीले सजिलै प्रयाेग गर्न सक्छन् । आज हामी तपाईंलाई विन्डाेज ११ मा एपस्टाेरबाट एन्ड्रोइड एप डाउनलाेड गर्ने तरिकाबारे जानकारी दिँदै छाैं ।
सबैभन्दा सुरुमा स्टार्ट मेनुबाट माइक्राेसफ्ट स्टाेर खाेल्नुहाेस् । यसका लागि तपाईंले सर्च बक्समा ‘microsoft store’ लेख्न सक्नुहुन्छ । याे खुलेपछि सबैभन्दा माथि भएकाे सर्चबारमा ‘Amazon Appstore’ लेखेर सर्च गर्नुहाेस् ।
त्यसपछि यस्ताे नतिजा देखिने छ ।
अब ‘Amazon Appstore’ नामसँगै रहेकाे ‘Open’मा क्लिक गर्नुहाेस् । अब अमेजन एपस्टाेरकाे इन्टरफेस देखिन्छ । त्यहाँ तपाईंले लगइन अथवा साइन अपकाे विकल्प देख्न सक्नुहुने छ ।
यदि तपाईंसँग पहिले नै अमेजन अकाउन्ट छ भने लगइन गर्नुहाेस् र छैन भने तल देखिने साइन अपमा क्लिक गर्नुहाेस् ।
त्यहाँ तपाईंले पूरा नाम, ईमेल एड्रेस र पासवर्ड टाइप गर्नुपर्ने हुन्छ । अब तपाईँकाे ईमेल एड्रेसमा भेरिफिकेसन (प्रमाणीकरण)का लागि ६ डिजिटकाे काेड आउँछ ।
उक्त काेड राखेपछि तपाईंकाे नयाँ अमेजन अकाउन्ट तयार हुन्छ ।
अब नयाँ अकाउन्टबाट लगइन गर्नुहाेस् । त्यसपछि तपाईंले एप स्टाेरमा उपलब्ध विभिन्न एपहरु देख्न सक्नुहुन्छ ।
तर याद गर्नुहाेस यहाँ तपाईंले युट्युब जस्ता गुगलका कुनै पनि उत्पादन फेला पार्नुहुन्न । किन कि याे अमेजन एपस्टाेर हाे । अब तपाईंले चाहेका कुनै पनि एपहरु सर्च बक्समा टाइप गरेर फेला सक्नुहुन्छ ।
त्याे बाहेक सजिलाेका लागि गेम, किड्स, एडिटर्स पिक्स, टप पेड जस्ता विभिन्न भाग उपलब्ध गराइएकाे छ, जसले तपाईंले चाहेकाे एप छिट्टाे भेट्टाउन सहयाेग गर्नेछ ।
अब कुनै एप डाउनलाेड गर्नका लागि मन परेकाे वा आवश्यक रहेकाे कुनै एपकाे आइकन तल रहेकाे ‘Get’ मा क्लिक गर्नुहाेस् । अथवा एपकाे आइकनमा क्लिक गरेर देखिने ‘Install’ मा क्लिक गर्नुहाेस् ।
डाउनलाेड गरिसकेकाे एपलाई अनइन्स्टल गर्न एपभित्रकाे 'एप्स एण्ड फिचर्स'मा जानुहाेस् । त्यहाँ पहिल्यै डाउनलाेड गरिएका एपहरु देखिन्छ ।
अनइन्स्टल गर्न एपकाे बाँयापट्टि तीन ओटा डट देखिन्छ । त्यहाँ क्लिक गर्दा एप अनइन्स्टल हुन्छ ।
यसरी डाउनलाेड गरिएका एपहरु विन्डाेज् ११ का लागि अमेजन एपस्टाेरले विन्डाेज् सबसिस्टम फाेर एन्ड्राेइड (डब्लूएसए) प्लेटफर्मबाट उपलब्ध गराएका हुन् । याे प्लेटफर्म विन्डाेज ११ काे एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी)सँग लिनक्स कर्नेल जाेड्न विकास गरिएकाे हाे ।
हाल परीक्षणकाल नै चलिरहेकाले तपाईंले चाहेका सबै एप उपलब्ध भने छैनन् ।