close

कस्तो होला सामसङ ग्यालेक्सी एस २३ ?

टेकपाना टेकपाना

कात्तिक २, २०७९ ८:४१

कस्तो होला सामसङ ग्यालेक्सी एस २३ ?

काठमाडौं । सामसङ ग्यालेक्सीको नयाँ सिरिज ‘ग्यालेक्सी एस २३’ का महत्त्वपूर्ण विवरण बाहिरिएका छन् । कम्पनीले २०२२ मा ठूलो परियोजनाबारे केही कुरा बाहिर नल्याउने भने पनि लिकरहरूले २०२३ को प्रारम्भमा सार्वजनिक हुने भनिएकाे ग्यालेक्सी एस २३ बारे विभिन्न फिचर बाहिर ल्याएका हुन् ।

सामसङ ग्यालेक्सी एस २३ सिरिज आकर्षक डिजाइनका साथ बजारमा आउने अपेक्षा गरिरहँदा हालै वनलिक्स र स्मार्टपिक्सले सामसङको आउँदो प्लस मोडेलको फ्ल्यागशिपको बाहिरी आवरण (डिजाइन)बारे विभिन्न कुरा बाहिर ल्याएका छन् ।

बाहिरिएका लिकलाई आधार बनाउने हो भने ग्यालेक्सी एस २३ मा ग्यालेक्सी एस २२ को जस्तै हार्डवेयरहरू समावेश हुनेछन् । नयाँ सिरिजमा भने फरक चिप र नयाँ सफ्टवेयर समावेश हुने अपेक्षा गरिएको छ । यो फोन क्वालकम स्न्यापड्रागन ८ जेन २ एसओसी प्रोसेसरद्वारा सञ्चालित हुनेछ । त्यस्तै एन्ड्रोइड भर्सन १३ मा आधारित यो फोन वन यूआई ५ मा आधारित हुनेछ ।

स्मार्टपिक्सका अनुसार ग्यालेक्सी एस २३ मोडेल ग्यालेक्सी एस २२ प्लसभन्दा डिजाइन तथा क्यामेरा मोडेलमा भिन्नै रहेको छ । त्यस्तै एस २३ प्लसको पछाडिपट्टि तीन मुख्य क्यामेरा रहने जनाइएको छ । बाहिर आएको जानकारी अनुसार यसमा समावेश हुने टेलिफोटो क्यामेरा पनि एस २२ प्लस जस्तै हुनेछ ।

केहीले यसमा ५० मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रावाइड र १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा समावेश हुने दाबी गरेका छन् ।

त्यस्तै डिजिटमा आएको जानकारीलाई आधार बनाउने हो भने सामसङ एस २३ मा १२० हर्ज रिफ्रेश रेट भएको ६.१ इन्चको एसएमोलेड डिस्प्ले रहनेछ । केहीले यसमा भएको सेल्फी क्यामेरालाई पनि अपग्रेड गरेको जानकारी दिएका छन् ।

बाहिरिएको जानकारीलाई आधार बनाएर एस २३ प्लसलाई एस २२ प्लससँग तुलना गर्ने हो भने यो एस २२ प्लसको तुलनामा ०.३ एमएम ठूलो (लम्बाई) रहने छ । ग्यालेक्सी एस २३ र ग्यालेक्सी एस २३ प्लसको स्क्रिन साइज बराबर हुने बताइएको  छ ।

त्यस्तै यस फोनमा ३,९०० एमएएचको ब्याट्री समावेश हुनेछ । जसमा २५ वाट चार्जर र १५ वाट वायरलेस चार्जर उपलब्ध हुने बताइको छ ।

यसैगरी ८ जीबी र्‍याममा उपलब्ध हुने यो फोन १२८ जीबी र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।  यो फोन सम्भवतः फेब्रुअरी २०२३ मा सार्वजनिक हुनेछ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०७९ ९:८