close

सामसङ ग्यालेक्सी एस २३ मा पनि स्याटलाइट फिचर

टेकपाना टेकपाना

मंसिर ९, २०७९ १०:३१

सामसङ ग्यालेक्सी एस २३ मा पनि स्याटलाइट फिचर

काठमाडौं । सामसङले पनि आफ्नो नयाँ स्मार्टफोनमा स्याटलाइट फिचर दिने तयारी गरिरहेको जानकारी बाहिरिएको छ । बाहिरिएको जानकारी अनुसार कम्पनीले आफ्नो ग्यालेक्सी एस २३ सिरिजको स्मार्टफोनहरूमा स्याटलाइट फिचर उपलब्ध गराउनका लागी ग्लोबलस्टार नामक कम्पनीसँग सहकार्य गरिरहेको छ ।

हाल यो फिचर एप्पल, साओमी लगायतका स्मार्टफोनहरूमा आपतकालिन अवस्थामा मेसेज पठाउनका लागि प्रयोग भइरहेको छ । कम्पनीले विगत दुई वर्षदेखि स्मार्टफोनमा स्याटेलाइट फिचर ल्याउनका लागि विभिन्न प्रयासहरू  गर्दै आइरहेको छ । अन्तत: यो फिचर ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोनसँगै आउने भएको छ । यो सेवा अन्तर्गत प्रयोगकर्ताले मेसेज मात्र नभइ तस्बीरहरू पनि पठाउन मिल्ने बताइएको छ । 

यद्यपि कम्पनीले यो फिचर आफ्नै देश कोरिया बाहेक उत्तर र दक्षिण अमेरिका, युरोप, रूस, चीन लगायतका देशहरूमा आपूर्ती हुने फोनमा मात्र उपलब्ध गराउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १०:३१