close

कसरी प्रयोग गर्ने च्याट जीपीटी ?

टेकपाना टेकपाना

पुस ८, २०७९ १६:३७

कसरी प्रयोग गर्ने च्याट जीपीटी ?

काठमाडौं । केही सातादेखि इन्टरनेटमा च्याट जीपीटी निकै चर्चित बन्दै छ । हामीले खोजेका कुनै पनि प्रश्नको उत्तर सजिलै विज्ञले जसरी दिने भएकाले यसको चर्चाले थप उचाइ पाएको छ । सामान्य व्यक्तिगत प्रश्नदेखि जटिल विज्ञानका उत्तर पनि च्याट जीपीटीबाट सजिलै पाउन सकिन्छ ।

यतिका चर्चामा आएको च्याट जीपीटी कसरी प्रयोग गर्ने भन्ने धेरैलाई थाहा नहुन सक्छ । आज हामी एआई टुलमा आधारित च्याट जीपीटी कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ । च्याट जीपीटी प्रयोग गर्न सबैभन्दा पहिले अकाउन्ट क्रियट गर्नुपर्ने हुन्छ ।

धेरैले एप डाउनलोड गरेर प्रयोग गर्न खोजे पनि हालसम्म कम्पनीले एप सार्वजनिक गरेको छैन । त्यसैले वेबसाइटबाट मात्र च्याट जीपीटी प्रयोग गर्न सकिन्छ । च्याट जीपीटीमा अकाउन्ट बनाएर प्रश्न सोध्न तलको प्रक्रिया अपनाउनुहोस् ।

-  सबैभन्दा पहिले यहाँ क्लिक गरेर च्याट जीपीटीको साइटमा जानुहोस् ।

-  त्यसपछि साइनअपको अप्सनमा क्लिक गर्नुहोस् ।

-  त्यसपछि गुगल अकाउन्ट वा माइक्रोसफ्ट अकाउन्टमध्ये एक छान्नुहोस् । हामी यहाँ गुगल अकाउन्टबाट साइनअप गर्न लागिरहेका छौं । 

 

- अनि आफूले लगइन गर्न चाहेको अकाउन्ट छान्नुहोस् । आफ्नो नाम र थर राखेर  ‘कन्टिन्यु’ अप्सनमा क्लिक गर्नुहोस् ।

-  यति गरेपछि आफ्नो फोन नम्बर राखेर सेन्ड कोडमा क्लिक गर्नुपर्ने हुन्छ ।

-  फोनको एसएमएसमा आएको कोडलाई त्यहाँ रहेको इन्टर कोडको बक्समा टाइप गर्नुहोस् ।

-  यति गर्नुभयो भने तपाईँको अकाउन्ट तयार हुन्छ ।

-  अकाउन्ट तयार भएपछि नेक्स्ट, नेक्स्टको अप्सनमा क्लिक गरेर अन्त्यमा डनमा क्लिक गर्नुहोस् ।

-  यति गर्नुभयो भने अन्तिममा च्याट बक्स जस्तो अप्सन देखिन्छ । त्यसमा आफ्ना प्रश्न राखेर सेन्डको अप्सनमा क्लिक गरेर प्रश्न सोध्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: पुस ८, २०७९ १६:३७