close

रोनाल्डो अनुबन्ध गरेपछि साउदी क्लबको इन्स्टाग्राम अकाउन्टमा फलोअर ओइरिए

टेकपाना टेकपाना

पुस १६, २०७९ १४:३६

रोनाल्डो अनुबन्ध गरेपछि साउदी क्लबको इन्स्टाग्राम अकाउन्टमा फलोअर ओइरिए

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको फुटबल क्लब अल-नासरले अनुबन्ध गरेपछि क्लबको इन्स्टाग्राम अकाउन्टमा फलोअरको तीव्र रूपमा बढेको छ ।

क्लबले ११ घण्टाअघि मात्रै रोनाल्डोलाई तीन वर्षका लागि अनुबन्ध गरेको आधिकारिक सूचना दिएको थियो । यसलगत्तै क्लबको इन्स्टाग्राम अकाउन्टमा फलोअर संख्या वृद्धि भइरहेकाे छ ।

इन्स्टाग्राममा ११ घण्टाअघि क्लबकाे फलोअर संख्या आठ लाख ६० हजारमात्रै थियो । अहिले यो संख्या बढेर ३३ लाखभन्दा बढी पुगेकाे छ ।

क्लबकाे अन्य सामाजिक सञ्जाल अकाउन्टमा पनि फलाेअर थपिएका छन् । रोनाल्डोले याे साउदी क्लबबाट वार्षिक १७७ मिलियन पाउन्डभन्दा बढी पारिश्रमिक पाउने बताइएकाे छ । 

पछिल्लो अध्यावधिक: पुस १६, २०७९ १५:५१