अहिले विश्वभर अढाई अर्ब एण्ड्रोइड डिभाइस तपाईंको एप डेभलप हुने प्रतिक्षामा छन् । फ्री कोड क्याम्प नामक संस्थाले १५ घण्टे विस्तृत कोर्ष सार्वजनिक गरेको छ ।
मीआईकोडले तयार गरेको यो कोर्षले तपाईंलाई एण्ड्रोइड एप्लिकसेन कसरी डेभलप गर्ने भन्ने विषय सिकाउनेछ । यसमा सबैभन्दा उत्कृष्ट विषय के छ भने यसको सुरुवात गर्न तपाईंसँग प्रोग्राम कसरी गर्ने भन्ने कुरा थाहा नहुँदा पनि कुनै फरक पर्दैन ।
यो कोर्षमा तपाईंले जाभाको प्रयोग गरेर रियल-वर्ड एण्ड्रोइड एप्लिकेसन कसरी बनाउने भन्ने कुरा सिक्नुहुनेछ । एप बनाउने क्रममा तपाईंले जाभा र अब्जेक्ट ओरियन्टेड (विषयवस्तु केन्द्रीत) प्रोग्रामिङमा आधारभूत प्रोग्रामिङ ल्याङ्ग्वेज समेत सिक्नुहुनेछ ।
यो कोर्षले समेट्ने केही विषयहरु यस प्रकार छन्;
जाभा प्रोग्रामिङ ल्याङ्ग्वेजको परिचय सहित:
- भेरियबल्स
- अपरेटर्स
- लूप्स
- कण्डिसनल स्टेटमेन्ट्स
- कलेक्सन ईन जाभा
- अब्जेक ओरियन्टेड प्रोग्रामिङ
- इन्टरफेसेस एण्ड एब्स्ट्याक्ट क्लासेस
- सिंगलटन प्याटर्न
- स्टाटिक्स
- किंगकरेन्सी ईन जाभा
- ह्याण्डलिङ एक्सेप्सन्स
‣डिजाइनिङ युजर इन्टरफेसेस सहित:
- मेटेरियल डिजाइन
- टेक्स्ट भ्यू एण्ड बटन
- लिस्टभ्यू एण्ड स्पिनर
- रिसाइक्लरभ्यू
- डिफ्रेन्ट लेआउट्स
- डिफ्रेन्ट एक्सएमएल फाइल्स
- ईमेजेज
- फन्ट्स
- एनिमेसन्स
- स्न्याकबार एण्ड कार्ड भ्यू
‣पर्सिस्टिङ डेटा विद शेयर्डप्रिफ्रेन्सेस
‣वेबभ्यू
‣र अन्य धेरै
यहाँ तल अथवा कोड फ्री क्याम्पको युट्युव च्यानलमा तपाईंले पुरा कोर्ष पाउनुहुनेछ ।
यहाँ तपाईंले कोड निःशूल्क रुपमा सिक्न सक्नुहुनेछ । फ्रीकोडक्याम्पको ओपन सोर्स पाठ्यक्रमले ४० हजारभन्दा धेरैलाई डेभलपरको रुपमा रोजगारी प्राप्त गर्ने कार्यमा सघाइसकेको छ । यहाँ क्लिक गरेपछि फ्रीकोडक्याम्पमा जोडिएर तपाईंले छ हजारभन्दा धेरै ट्युटोरियल समेत फेला पार्न सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
