close

न्यु योर्कको सार्वजनिक विद्यालयमा च्याटजीपीटी प्रयोगमा रोक

टेकपाना टेकपाना

पुस २३, २०७९ १८:३७

न्यु योर्कको सार्वजनिक विद्यालयमा च्याटजीपीटी प्रयोगमा रोक

काठमाडौं । अमेरिकाको न्यु योर्क शहर स्थित सार्वजनिक विद्यालयहरूमा ओपन एआई च्याट जीपीटीको प्रयोगमा रोक लगाइएको छ । शहरका सार्वजनिक विद्यालयहरूले विद्यालयमा प्रयोग हुने डिभाइस लगायत र वाइफाइ नेटवर्कहरूबाट च्याटजीपीटीमाथि प्रतिबन्ध लगाएको छ । 

दुई महिना अगाडि मात्र ओपनएआई नामक कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरि सञ्चालनमा ल्याएको च्याटबट 'च्याटजीपीटी' ले छोटो समयमा नै लोकप्रियता कमायो । 

यसले विद्यार्थीको पढाईमा असर गरेको साथै यसले परीक्षामा विद्यार्थीहरूले उत्तर चोर्नसक्ने जोखिम लगायतको विषयलाई सम्बोधन गर्दै विद्यालयहरूले च्याटजीपीटीको प्रयोगमा रोक लगाएको बताइएको छ । 

च्याजीपीटीको माध्यमबाट कुनै पनि प्रकारको प्रश्नको जवाफ साथै कुनै पनि समस्याको हल विद्यार्थीहरूले आफ्नो क्षमता प्रयोग नगरि प्राप्त गर्नसक्ने जोखिम रहेको विद्यालयहरूको भनाइ छ । यसले विद्यार्थीहरूको क्षमतालाई असर गर्ने विद्यालयहरूको निष्कर्ष रहेको अमेरिकी सञ्चार माध्यमहरुमा उल्लेख गरिएको छ ।   

यद्यपि समस्या यतिमा मात्रै सीमित भने छैन । विद्यालयको डिभाइस अथवा विद्यालयको वाइफाइ नेटवर्कमा मात्र प्रतिबन्ध लगाएर यो समस्या समाधान नहुनेमा विद्यालयहरू पनि जानकार छन् । यो प्रतिबन्धले विद्यार्थीहरूलाई सेलुलर नेटवर्क वा विद्यालय भन्दा बाहिरका वाइफाइको साथ आफ्नै डिभाइसमा च्याटजीपीटि प्रयोग गर्नबाट भने रोक्दैन।
 

पछिल्लो अध्यावधिक: पुस २३, २०७९ १८:३७