close

अनेरास्ववियुको महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग हुने

टेकपाना टेकपाना

माघ १९, २०७९ ८:२४

अनेरास्ववियुको महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग हुने

काठमाडौँ । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मसिनको प्रयोग हुने भएको छ । यसका लागि अनेरास्ववियुले राम लक्ष्मण इनोभेसनसँग सम्झौता गरेको छ ।

महाधिवेशनलाई काजगविहीन बनाउन विद्युतीय मतदान उपकरणको प्रयोग गर्ने सम्झौता भएको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । साथै यसअघि महाधिवेशनमा जस्तो भित्तेलेखन नगर्ने निर्णय भएको पनि उनले सुनाइन् ।

सकभर सहमतिमा नेतृत्व टुङ्ग्याउने प्रयास भइरहेको र निर्वाचन गर्न परे विद्युतीय मतदान उपकरण प्रयोग गरिने उनको भनाइ थियो ।

राम लक्ष्मण इनोभेसनले साे महाधिवेशनमा ५० वटा भोटिङ मसिन प्रयोग गर्ने बताइएकाे छ । यसअघि कम्पनीले १११ ओटा विद्युतीय मतदान उपकरण प्रयोग गरी मतदान गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०७९ ८:४२