close

आईटी शिक्षामा परिचित नाम- प्राइम कलेज

टेकपाना टेकपाना

फागुन १, २०७९ १३:४७

आईटी शिक्षामा परिचित नाम- प्राइम कलेज

काठमाडाैं । २२ वर्षअघि स्थापना भएको प्राइम कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।

यस कलेजले स्नातक र स्नातकोत्तर तहमा सूचना प्रविधि र व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कलेजले विद्यार्थीलाई विभिन्न गतिविधि गराउने  उद्देश्यले ‘आईसीटी मिटअप’, ‘स्किल आईटी’, ‘सुकुल सेसन’ आदि कार्यक्रम वर्षेनि सञ्चालन गरिरहेको छ । त्यस्तै कलेजले विभिन्न कम्पनीहरुसँग सहकार्य गरेको छ ।

साथै कक्षा १ देखि १२ सम्म अध्यापन गराउन कलेजको अर्को शैक्षिक संस्था ‘प्राइम ग्लोबल स्कुल’ पनि रहेको छ ।

शब्द-चित्रमा प्राइम कलेज

सम्बन्धन: त्रिभुवन विश्वविद्यालय

सञ्चालक समिति: प्राडा. सुन्दर श्याम भक्त माथेमा, किरण कुमार श्रेष्ठ, प्रकाशमान तुलाधार, भुषणराज श्रेष्ठ, परमेश्वर मल्ल र विजय बहादुर श्रेष्ठ

प्रिन्सिपल: एन. पी. शर्मा

शिक्षक/कर्मचारी संख्या: ७० बढी

विद्यार्थी संख्या: ११०० बढी

भर्ना:  कलेजमा कुनै शैक्षिक कार्यक्रम अध्ययन गर्न सबैभन्दा पहिले त्रिभुवन विश्वविद्यलायले लिने प्रवेश परीक्षामा विद्यार्थी उत्तीर्ण हुनुपर्ने हुन्छ । त्यसपछि भर्ना हुन आएका विद्यार्थीलाई कलेजले अन्तर्वाता लिने गर्छ । यसपछि विद्यार्थी कलेजमा भर्ना हुन सक्नेछन् ।​ बीआईएम भर्नाका लागि सिम्याट (CMAT) र बीएससी सीएसआईटीका लागि त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानकाे आईओएसटी (IOST) परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ ।

काेर्ष

ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए)

सूचना प्रविधि (आईटी) र व्यवस्थापन विषयको एक संयुक्त कोर्षको रुपमा बीसीए रहेको छ । यो १२६ क्रेडिट आवरको चार वर्षे कोर्ष हो ।

कोर्षले विद्यार्थीलाई कम्प्युटरमा आधारित व्यापारिक तथा औद्योगिक समस्या समाधानको ज्ञान दिन्छ । कलेजमा यस कोर्षको सिट क्षमता ३५ रहेको छ । कोर्षको थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम)

यो चार वर्षे (आठ सेमेस्टर) १२६ क्रेडिट आवरको सूचना प्रविधि (आईटी) र व्यवस्थापनको मिश्रित कोर्ष हो । यस कोर्षले विद्यार्थीलाई सूचना प्रविधिबारे सीप विकास गर्न मद्दत गर्छ ।

यस कोर्षमा म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, बिजनेस स्टाटिस्टिक्स, कम्प्युटर अर्गनाइजेसन जस्ता विषय अध्यापन हुन्छ । कलेजमा यो कोर्षका लागि ६६ जना विद्यार्थीकाे सिट रहेको छ । कोर्षबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

बीएससी सीएसआईटी

कम्प्युटर साइन्स र आईटीका विद्यमान विश्व चुनौतीहरुको मूल्याङ्कन गर्दै त्यसलाई समाधान गर्न यो कोर्षले विद्यार्थीलाई मार्ग प्रदर्शन दिन्छ ।

यो चार वर्षे (आठ सेमेस्टर)को १२६ क्रेडिट आवरको कोर्ष हो । कलेजमा यस कोर्षको सिट क्षमता ४८ रहेको छ ।​ कोर्षसम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

आईटी बाहेकका अन्य कोर्ष

यीबाहेक कलेजले अन्य कोर्ष समेत सञ्चालन गरिरहेको छ, जसमा स्नातक तहमा ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन बिजनेस स्टडिज (बीबीएस) र ब्याचलर इन बिजनेस म्यानेजमेन्ट (बीबीएम) रहेका छन् ।

त्यस्तै स्नातकोत्तर तहमा मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) रहेको छ ।

सम्पर्क

वेबसाइट: www.prime.edu.np

टेलिफाेन: ०१-४९७००७२

ईमेल: [email protected]

ठेगाना: नयाँ बजार, काठमाडाैं

पछिल्लो अध्यावधिक: फागुन १, २०७९ १४:३१