close

एडोबी फोटोशपमा जेनेरेटिभ एआई फिचर, टेक्स्टका आधारमा फोटो बनाउन सकिने

टेकपाना टेकपाना

चैत ८, २०७९ ९:९

एडोबी फोटोशपमा जेनेरेटिभ एआई फिचर, टेक्स्टका आधारमा फोटो बनाउन सकिने

काठमाडौं । फोटो तथा भिडिओ एडिट गर्ने सफ्टवेयरस एडोबीले एक दशकभन्दा पनि लामो समयदेखि सेन्सेइ एआई प्रविधि प्रयोग गरी प्रयोगकर्तालाई फोटो र भिडिओ एडिट गर्न सहज बनाउँदै आएको छ । 

यसलाई थप परिष्कृत र सहज बनाउन कम्पनीले आफ्नो नयाँ पुस्ताको एआई फिचर 'फायरफ्लाइ' सार्वजनिक गरेको छ । यो फिचरले फोटो र फन्ट इफेक्टहरू आफै जेनेरेट गर्ने कम्पनीको भनाइ छ । 

यो नयाँ जेनेरेटिभ एआई फिचरले प्रयोगकर्ता र कम्प्युटरबीचको सञ्चारलाई थप सहज र प्रभावकारी बनाउने कम्पनीको विश्वास रहेको प्रकाशित प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फायरफ्लाइ फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्ना शब्दहरू प्रयोग गरेको भरमा फोटोहरू तयार गर्न सक्नेछन् । कम्पनीका अनुसार प्रयोगकर्ताले अडियो, भिडिओ, चित्रहरू लगायत थ्रिडी मोडलहरू पनि जेनेरेट गर्न सक्छ । कम्पनीले लाखौं चित्रहरू प्रयोग गरेर यो एआईलाई तालिम दिएको जनाएको छ । 

यद्यपि कम्पनीले अन्य कुनै आर्टिस्टको तस्वीर प्रयोग नगरी एडोबीकै स्टकमा भएको चित्रहरू प्रयोग गरेको दाबी गरेको छ । योसँगै कम्पनीले फोटोशपमा अन्य धेरै अपडेटहरू पनि थप गरेको छ । 

यो फिचर फोटोशपको अपडेटेड भर्सन सहित सबै डेस्कटप, आईप्याड र वेबमा उपलब्ध हुनेछ । हालको लागि भने यसको बेटा भर्सन मात्र सार्वजनिक गरिएको छ । 
 

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ ९:९