close

माइक्रोसफ्टले ल्यायो शब्दकै भरमा चाहेको तस्वीर बनाइदिने च्याटबट

टेकपाना टेकपाना

चैत ९, २०७९ १०:१०

माइक्रोसफ्टले ल्यायो शब्दकै भरमा चाहेको तस्वीर बनाइदिने च्याटबट

काठमाडौं । माइक्रोसफ्ट‍ले ओपनएआईको ड्यालई डिप लर्निङ मोडेलमा आधारित ‘बिङ इमेज क्रियटर’ सार्वजनिक गरेकाे छ । माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन ‘बिङ’ र ब्राउजर ‘एज’ मा यस्ताे फिचर ल्याएको हो ।

यसबाट टेक्स्ट (शब्द) को आधारमा चित्र बनाउन सकिने कम्पनीले जनाएको छ । यो फिचर प्रयोग गर्न माइक्रोसफ्टको बिङ च्याटबट वा एजमा जानुपर्ने हुन्छ । यहाँ क्लिक गरी सिधै ‘बिङ इमेज क्रियटर’ को पेजमा जान पनि सकिन्छ ।

त्यहाँ ‘मिक्स्ड मिडिया क्रियसन’ को नयाँ वेबपेज खुल्ने छ । तपाईंले त्यहाँ एआईबाट बनाइएका धेरै चित्र देख्न सक्नुहुन्छ । वेबपेजको सबैभन्दा माथि टेक्स्ट लेख्ने बार आउँछ ।

त्यहाँ कुनै वाक्य लेखेर ‘क्रियट’ भन्ने अप्सनमा क्लिक गर्नुभयो भने त्यसको आधारमा एआईले चार ओटा भिन्न चित्र तयार पार्छ । तीमध्ये कुनै एकलाई तपाईँ परिमार्जन पनि गर्न सक्नुहुन्छ ।

माइक्रोसफ्टले तपाईंलाई सुरुमा मासिक २५ क्रेडिट निःशुल्क उपलब्ध गराउँछ । यसको अर्थ तपाईंले २५ ओटा चित्र निःशुल्क बनाउन सक्नुहुन्छ । तपाईंले एकपटक चित्र बनाउँदा एउटा क्रेडिट प्रयोगमा आउँछ ।

तर यदि तपाईंले माइक्रोसफ्टमा अकाउन्ट खोल्नुभएको छैन भने यो फिचर प्रयोग गर्न पाउनुहुन्न ।

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ १०:१०