close

एम्बिसन गुरु एपबाट इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गर्न सकिने

टेकपाना टेकपाना

चैत १४, २०७९ १९:१९

एम्बिसन गुरु एपबाट इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गर्न सकिने

काठमाडौं । एम्बिसन गुरुको एपबाट इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गर्न सकिने भएको छ । नयाँ शैक्षिक सत्रकाे इन्जिनियरिङ प्रवेश परीक्षा दिने विद्यार्थीलाई लक्षित गर्दै कम्पनीले यस्तो सुविधा ल्याएको हाे ।

विद्यार्थीलाई प्रत्यक्ष कक्षा (लाइभ क्लास), रेकर्डेड भिडि‌ओमार्फत पढाउने गरी यस्तो सुविधा ल्याएको कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार हाल कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफ्नो सिट बुक गर्नसक्ने छन्, जसका लागि तीन हजार रुपैयाँ शुल्क ताेकिएकाे छ ।

विद्यार्थीलाई कुनै समस्या भयो भने एपमा भएको ‘आस्क’ फिचर प्रयोग गर्न सक्नेछन्, जहाँ  विद्यार्थीले शिक्षकबाट तुरुन्त उत्तर पाउने कम्पनीको भनाइ छ ।

त्यस्तै कोर्ष अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी क्षमताअनुसार वर्गीकरण गर्ने र सोहीअनुसार अध्यापन गराइने कम्पनीका एकेडेमिक निर्देशक प्रकाश पाण्डेले बताए ।

उनका अनुसार एम्बिसन गुरुमा प्रवेश परीक्षाको तयारीका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राडा. विनोद पराजुली, प्राडा. रामकुमार शर्मा, प्राडा. भद्र पोखरेल, प्राडा. विनाेद भट्टराई लगायतले अध्यापन गराउनेछन् ।

हाल कम्पनीले यो कोर्ष बुकिङ गर्ने विद्यार्थीलाई कक्षा १२ को अन्तिम परीक्षाको तयारी र मक टेस्ट नि:शुल्क उपलब्ध गराइरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०७९ १९:१९