close

बेटिङ प्रचार गर्ने बल्छी, राजु मास्टर, जालन, भटभटे, म्याकुरी, एलिश राई र गणेश जीडीसहित ८ पक्राउ

टेकपाना टेकपाना

जेठ ३२, २०८० १३:१८

बेटिङ प्रचार गर्ने बल्छी, राजु मास्टर, जालन, भटभटे, म्याकुरी, एलिश राई र गणेश जीडीसहित ८ पक्राउ

काठमाडौं । प्रहरीले नेपालमा अवैध बेटिङ प्रचारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेटिङ प्रचार गरेको आरोपमा कलाकारहरूदेखि युट्युबर र टिकटकरलाई पक्राउ गरेको हो ।

कार्यालय स्रोतले टेकपानालाई दिएको जानकारी अनुसार कलाकारहरू मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), बेगम नेपाली (भटभटे माइलाे) पवन खतिवडा (म्याकुरी), अलिश राई, गणेश देवकोटा (जीडी), जलन घर्ती मगर र सरोज घिमिरे (ढेडु बुडो) पक्राउ परेका छन् ।

उनीहरूले सोझा मानिसहरूलाई गेम खेलेर वा गेमको प्रेडिक्सन गरेर घरमै बसीबसी पैसा कमाउन सकिने लोभ देखाउने गरेका छन् । यसका लागि उनीहरूले आफ्नो युट्युब च्यानलमा अपलोड भएका भिडिओ/वा डिस्क्रिप्सनमा बेटिङ एपको प्रोमो कोडसहित त्यससम्बन्धी प्रचार सामग्री राख्ने गर्छन् । 

युट्युब च्यानलमा नेपालमा अवैध वनएक्स बेटको प्रचार गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए । अन्य व्यक्तिहरूलाई पनि पक्रिने तयारी भइरहेको उनले बताए । 

याे पनि पढ्नुहाेस्:

सीजीको नाममा गैरकानूनी बेटिङ साइट सक्रिय, प्रचारमा सुष्मा कार्कीदेखि चल्तीका टिकटकरसम्म

पछिल्लो अध्यावधिक: असार १, २०८० १०:५३