close

टाइटानिक जहाजको भग्नावशेष हेर्न समुद्रको १२,५०० फिट गहिराइमा गएका पाँचै यात्रुको मृत्यु

टेकपाना टेकपाना

असार ८, २०८० १२:१८

टाइटानिक जहाजको भग्नावशेष हेर्न समुद्रको १२,५०० फिट गहिराइमा गएका पाँचै यात्रुको मृत्यु

काठमाडौं । एटलान्टिक महासागरमा सय वर्षअघि डुबेको टाइटानिक जहाजको भग्नावशेष हेर्न समुन्द्रमुनि गएका पाँचै जनाको निधन  भएको छ ।

बिहीबार अमेरिकी तटरक्षक गार्डले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै पनडुब्बीमा सवार पाँचै जनाको निधन आइतबार नै भएको बताएका हुन् ।

उद्धार तथा खोजीकार्यका क्रममा पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा जारी उद्धार कार्य अन्त्य भएको बीबीसीले जनाएको छ । 

आइतबार भग्नावशेषको अवलोकनका लागि यात्रा सुरु गरेको पौने दुई घण्टापछि टाइटन पनडुब्बीका चालक दलका सदस्य र सतहमा रहेको पोलार प्रिन्स नामक पानी जहाजबीचको सम्पर्क टुटेको थियो ।

पनडुब्बीमा पाकिस्तानी मूलका ४८ वर्षीय ब्रिटिश धनाढ्य दाउद शाहजादा र उनका १९ वर्षीय छोरा सुलेमान, ५८ वर्षीय  ब्रिटिश अर्बपति हमिश हार्डिङ, ७७ वर्षीय अन्वेषक पल-हेन्री नार्गेओ र टाइटानिकसम्मको यात्रा गराउने ओसनगेट कम्पनीका प्रमुख कार्यकारी ६१ वर्षीय स्टक्टन रश सवार थिए । 

सन् १९१२ मा डुबेको टाइटानिक  जहाजको भग्नावशेष पानीको सतहबाट तीन हजार ८ सय मिटर गहिराइमा छ।   

 

पछिल्लो अध्यावधिक: असार ८, २०८० १६:३९