close

अनलाइनबाट नेपाली कांग्रेसको साधारण सदस्य बन्न सकिने

टेकपाना टेकपाना

असार ११, २०८० २३:३

अनलाइनबाट नेपाली कांग्रेसको साधारण सदस्य बन्न सकिने

काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट साधारण सदस्यता वितरण गर्न थालेकाे छ । यसका लागि पार्टीले पहिलाे पटक अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

कांग्रेसको साधारण सदस्य बन्न इच्छुक व्यक्तिले पार्टीको वेबसाइटमा गई फर्म भर्नुपर्छ, जहाँ आफ्नो नाम, जन्ममिति, ईमेल आईडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, अस्थायी ठेगाना, ब्लड ग्रुप, भाषा, पेशा प्रदेश र जिल्लाकाे विवरण राखी पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो पृष्ठ र पछाडिको पृष्ठ अपलोड गर्नुपर्ने हुन्छ ।

आवेदन दिएपछि अनलाइनबाट २० रुपैयाँ तिर्नुपर्ने व्यवस्था ल्याइएको छ । अनलाइन मार्फत नै सदस्यता प्रिन्ट गर्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८० १२:१४