close

अब अकाउन्ट लगइन नगरी ट्वीट हेर्न नमिल्ने !

टेकपाना टेकपाना

असार १६, २०८० १४:५

अब अकाउन्ट लगइन नगरी ट्वीट हेर्न नमिल्ने !

काठमाडौं । ट्वीटरमा पुन: नयाँ नियम थप भएको छ । अब कुनै पनि ट्वीट हेर्न अकाउन्ट लगइन गर्नैपर्ने भएको छ । पहिले प्रयोगकर्ताले कुनै अन्य पोष्ट वा लिंकमा मात्रै क्लिक गर्दा पनि ट्वीट गर्न सक्थे । तर अब भने अकाउन्टमा लगइन नगरी ट्वीट हेर्न मिल्ने छैन

यो फिचरले धेरैलाई दुविधामा पारेको छ । किनभने कम्पनी आफैंले यस विषयमा आधिकारिक रुपमा कुनै पनि जानकारी दिएको छैन । यद्यपि प्रयोगकर्ताहरूले भने यो फिचर देख्न सुरु गरिसकेका छन् ।

केही प्रयोगकर्ताले यसलाई अस्थायी रुपमा कुनै प्रणालीमा आएको समस्याको रूपमा लिएका छन् । तर केहीले भने कम्पनीले जानाजान अकाउन्टको संख्या बढाउन यो फिचर गुपचुप रूपमा लागू गरेको हुनसक्ने अनुमान गरेका छन् ।

पछिल्लो समय ट्वीटर प्रयोगकर्ताको संख्या बढ्नेभन्दा घट्ने क्रम बढिरहेको छ । यसैले पनि कम्पनीले यस्तो फिचर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८० १४:५