close

टिकटकले ल्यायो आफ्नै म्युजिक स्ट्रिमिङ सर्भिस

टेकपाना टेकपाना

साउन ४, २०८० ८:१४

टिकटकले ल्यायो आफ्नै म्युजिक स्ट्रिमिङ सर्भिस

काठमाडौं । टिकटकले सब्सक्रिप्सनमा आधारित आफ्नो म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउने भएकाे छ । यसका लागि कम्पनीले विभिन्न देशमा म्युजिक स्ट्रिमिङकाे बेटा परीक्षण सेवा दिन थालेकाे छ ।

हालै टिकटकले अष्ट्रेलिया, सिङ्गापुर र मेक्सिकोमा यसकाे परीक्षण सेवा विस्तार गरेको छ । दुई साताअघि मात्रै ब्राजिल र इन्डोनेसियाबाट यो सेवा सार्वजनिक गरेको थियो ।

टिकटक म्युजिक पनि स्पोटिफाई र एप्पल म्युजिक जस्ता विद्यमान म्युजिक स्ट्रिमिङ प्लेटफर्महरू जस्तै गीत सुन्ने ठाउँ हो । यसबाट प्रयोगकर्ताले युनिभर्सल म्युजिक ग्रुप, सोनी म्युजिक, वार्नर म्युजिक ग्रुप जस्ता प्रमुख रेकर्डिङ कम्पनीका गीतहरू सुन्न, डाउनलोड गर्न र शेयर गर्न सक्नेछन् ।

अमेरिकी बजारमा पनि यसले राम्रै प्रभाव जमाउने याेजना ल्याएकाे छ । यसका लागि टिकटकको मुख्य कम्पनी बाइटडान्सले त्यहाँकाे पेटेन्ट र ट्रेडमार्क कार्यालयमा ‘टिकटक म्युजिक’को ट्रेडमार्कका लागि निवेदन दिइसकेको छ ।

बेटा परीक्षणमा प्रयोगकर्ताहरूले टिकटक म्युजिकमा तीन महिनासम्म गीत सुन्न पाउनेछन् । त्यसपछि भने मासिक रूपमा पैसा लाग्ने छ, जुन देश अनुसार फरक-फरक हुने टिकटकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८० ८:१४