close

गुगल मेसेजमा डिफल्ट रूपमै लागू भयो इन्ड-टु-इन्ड इन्क्रिप्सन

टेकपाना टेकपाना

साउन २५, २०८० १३:५०

गुगल मेसेजमा डिफल्ट रूपमै लागू भयो इन्ड-टु-इन्ड इन्क्रिप्सन

काठमाडौं । गुगल मेसेजमा डिफल्टका रुपमा इन्क्रिप्सन लागू गरिएको छ । गुगलले एक ब्लग पोस्ट लेख्दै एन्ड्रोइड डिभाइसहरूमा गुगल मेसेजको माध्यमबाट मेसेज पठाउँदा स्वत: इन्क्रिप्ट हुने व्थवस्था गरेको हो ।

यसअघि यो फिचर उपलब्ध गराइए पनि विकल्प मात्र रहेको थियो । तर अब भने डिफल्ट बनाइएको छ । योसँगै गुगल मेसेजका माध्यमबाट गरिएका कुराकानी तेस्राे पक्षले हेर्न वा निगरानी गर्न सक्दैनन् ।

गुगलको यो कदम रिच कम्युनिकेसन सर्भिस (आरसीएस) लाई प्रवर्द्धन गर्ने अभियान भएको बताइएको छ । ‍आरसीएसले परम्परागत तरिकाले पठाउने मेसेज, तस्वीर तथा भिडिओहरूलाई सुधार गर्ने लक्ष्य राखेको छ ।

इन्क्रिप्टेड मेसेज हुने फिचर ह्वाट्सएप, टेलिग्राम र एप्पलको आईमेसेजमा यस अगाडि नै लागू गरिएको थियो । यद्यपि आईफोन र एन्ड्रोइड प्रयोगकर्ताबीच हुने कुराकानीमा भने अझै पनि यो इन्क्रिप्शन लागू गरिएको छ ।

किनभने एप्पलले आईमेसेजलाई डिफल्ट मेसेजिङ एपको रुपमा प्रयोग गर्ने गर्छ । जुन एन्ड्रोइडमा उपलब्ध छैन । एन्ड्रोइड र आईफोनबीच  इन्क्रिप्टेड मेसेज गर्न थर्ड पार्टी मेसेजिङ एप प्रयोग गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: साउन २५, २०८० १३:५०