वर्ल्डलिङ्क, डिशहोम, टेलिकम र सुबिसुका ग्राहक घट्दा नेपालको इन्टरनेट पहुँच ऋणात्मक
भदौ ५, २०८० २१:७
काठमाडौं । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीहरूका ग्राहक घट्न थालेका छन् । गएको वैशाख महिनामा ठूला चार ओटा कम्पनीका ग्राहक घटेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको भर्खरै प्रकाशित तथ्याङ्कले देखाएको हो ।
प्राधिकरणका अनुसार फिक्स लाइन इन्टरनेट ग्राहक गुमाउने मुख्य कम्पनीहरूमा वर्ल्डलिङ्क, डिशहोम, नेपाल टेलिकम, सुबिसु र ब्रोडलिङ्क रहेका छन् । चैत देखि वैशाखसम्मको एक महिनाको अवधिमा वर्ल्डलिङ्कका १८ हजार ८८९ ग्राहक घटेका छन् । जुन सबैभन्दा बढी हो ।
त्यसपछि क्रमशः डिशहोमले ११ हजार २२, नेपाल टेलिकमले १० हजार २६२, सुबिसुले चार हजार ७५९ र ब्रोडलिङ्कले दुई हजार ५९६ ग्राहक गुमाएका छन् । त्यसो त यस अवधिमा अन्य कुनै पनि इन्टरनेट सेवा प्रदायकले उल्लेखनीय सङ्ख्यामा नयाँ ग्राहक थप्न समेत सकेका छैनन् ।
प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा धेरै नयाँ ग्राहक बनाउनेमा पाँच हजार ३१२ ग्राहकका साथ वेब सर्फर पहिलो नम्बरमा रहेको छ । दोस्रो नम्बरमा रहेको सीजी नेटले ४८२ ओटा नयाँ ग्राहक बनाएको छ । बाँकी भायानेट र क्लासिक टेकको ग्राहक सङ्ख्या यथावत् रहेको छ भने टेकमाइन्ड्सले तथ्याङ्क नै उपलब्ध नगराएको उल्लेख छ ।
ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहक गुमाउँदा समग्र फिक्स ब्रोडब्यान्ड इन्टरनेटको पहुँच समेत ३७ हजार ७७८ अङ्कले घटेको छ । चैतमा २६ लाख ७३ हजार ४७१ घर परिवारमा फिक्स ब्रोडब्यान्ड इन्टरनेट पुगेको भए पनि वैशाखसम्म आउँदा घटेर २६ लाख ३५ हजार ६९३ सङ्ख्यामा खुम्चिन पुगेको छ ।
२०७९ चैतको तुलनामा २०८० वैशाखमा इन्टरनेट ग्राहक
|
सेवा प्रदायक |
चैत २०७९ |
वैशाख २०८० |
नयाँ ग्राहक |
|
वर्ल्डलिङ्क |
771462 |
752,573 |
-18,889 |
|
नेपाल टेलिकम |
287190 |
276,928 |
-10,262 |
|
भायानेट |
264083 |
264,083 |
0 |
|
सुबिसु |
260153 |
255,394 |
-4,759 |
|
क्लासिक टेक |
270033 |
270,033 |
0 |
|
सीजी नेट |
46702 |
47,184 |
482 |
|
डिशहोम फाइबरनेट |
240668 |
229,646 |
-11,022 |
|
वेब सर्फर |
142135 |
147,447 |
5,312 |
|
टेक माइन्ड्स |
115458 |
115,458 |
0 |
|
ब्रोडलिङ्क |
65928 |
63,332 |
-2,596 |
|
अन्य |
209659 |
213615 |
3956 |
|
जम्मा |
2673471 |
2,635,693 |
-37,778 |
स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण
पछिल्लो अध्यावधिक: भदौ ६, २०८० १४:३०
