close

वर्ल्डलिङ्क, डिशहोम, टेलिकम र सुबिसुका ग्राहक घट्दा नेपालको इन्टरनेट पहुँच ऋणात्मक

टेकपाना टेकपाना

भदौ ५, २०८० २१:७

वर्ल्डलिङ्क, डिशहोम, टेलिकम र सुबिसुका ग्राहक घट्दा नेपालको इन्टरनेट पहुँच ऋणात्मक

 

काठमाडौं । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीहरूका ग्राहक घट्न थालेका छन् । गएको वैशाख महिनामा  ठूला चार ओटा कम्पनीका ग्राहक घटेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको भर्खरै प्रकाशित तथ्याङ्कले देखाएको हो । 

प्राधिकरणका अनुसार फिक्स लाइन इन्टरनेट ग्राहक गुमाउने मुख्य कम्पनीहरूमा वर्ल्डलिङ्क, डिशहोम, नेपाल टेलिकम, सुबिसु र ब्रोडलिङ्क रहेका छन् । चैत देखि वैशाखसम्मको एक महिनाको अवधिमा वर्ल्डलिङ्कका १८ हजार ८८९ ग्राहक घटेका छन् । जुन सबैभन्दा बढी हो । 

त्यसपछि क्रमशः डिशहोमले ११ हजार २२, नेपाल टेलिकमले १० हजार २६२, सुबिसुले चार हजार ७५९ र ब्रोडलिङ्कले दुई हजार ५९६ ग्राहक गुमाएका छन् ।  त्यसो त यस अवधिमा अन्य कुनै पनि इन्टरनेट सेवा प्रदायकले उल्लेखनीय  सङ्ख्यामा नयाँ ग्राहक थप्न समेत सकेका छैनन् ।

प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा धेरै नयाँ ग्राहक बनाउनेमा पाँच हजार ३१२ ग्राहकका साथ वेब सर्फर पहिलो नम्बरमा रहेको छ । दोस्रो नम्बरमा रहेको सीजी नेटले ४८२ ओटा नयाँ ग्राहक बनाएको छ । बाँकी भायानेट र क्लासिक टेकको ग्राहक सङ्ख्या यथावत् रहेको छ भने टेकमाइन्ड्सले तथ्याङ्क नै उपलब्ध नगराएको उल्लेख छ । 

ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहक गुमाउँदा समग्र फिक्स ब्रोडब्यान्ड इन्टरनेटको पहुँच समेत ३७ हजार ७७८ अङ्कले घटेको छ । चैतमा २६ लाख ७३ हजार ४७१ घर परिवारमा फिक्स ब्रोडब्यान्ड इन्टरनेट पुगेको भए पनि वैशाखसम्म आउँदा घटेर २६ लाख ३५ हजार ६९३ सङ्ख्यामा खुम्चिन पुगेको छ । 

 

२०७९ चैतको तुलनामा २०८० वैशाखमा इन्टरनेट ग्राहक

सेवा प्रदायक

चैत २०७९

वैशाख २०८०

नयाँ ग्राहक

वर्ल्डलिङ्क

771462

752,573

-18,889

नेपाल टेलिकम

287190

276,928

-10,262

भायानेट

264083

264,083

0

सुबिसु

260153

255,394

-4,759

क्लासिक टेक

270033

270,033

0

सीजी नेट

46702

47,184

482

डिशहोम फाइबरनेट

240668

229,646

-11,022

वेब सर्फर

142135

147,447

5,312

टेक माइन्ड्स

115458

115,458

0

ब्रोडलिङ्क

65928

63,332

-2,596

अन्य

209659

213615

3956

जम्मा

2673471

2,635,693

-37,778

स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

पछिल्लो अध्यावधिक: भदौ ६, २०८० १४:३०