काठमाडौं । केही खोज्नु पर्यो, केही सोध्नु पर्यो, केही जान्न पर्यो, केही बनाउन पर्यो - आजभोलि सर्च इन्जिनभन्दा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल बढी प्रयोग हुन थालेका छन् । ओपनएआईको च्याटजीपीटी, गुगलको बार्ड, माइक्रोसफ्ट बिङ लगायतका एआई एकीकृत गरिएका टुलहरूले अन्य परम्परागत टुलहरूको ठाउँ लिइरहेका छन् ।
चित्र बनाउन होस्, लेख लेख्न होस्, प्रेजन्टेसन तयार गर्न होस् वा अनेकन् काम गर्न- मानव जीवनमा एआई हावी हुन थालेको छ । यस्तोमा एआई के हो, यो क्षेत्रमा काम गर्न के के सीप चाहिन्छ, कहाँ गएर पढ्नु पर्छ भन्ने जिज्ञासा आउनु स्वाभाविक हो ।
हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि भने यस क्षेत्रमा जान एउटा अवसर छ । नेपालमा केही विश्वविद्यालयहरूले स्नातक तहमा यसको विशिष्टिकृत कार्यक्रम सञ्चालन गर्न थालेका छन् । त्यस्तै केही तालिम प्रदायक शैक्षिक संस्थाहरूले पनि छोटो अवधिका एआई कक्षा सञ्चाल गरिरहेका छन् । यसबाहेक विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर एआई कार्यक्रम सञ्चालन गर्ने कलेजहरू पनि छन् ।
आज हामी नेपालमा एआई पढाइ हुने विश्वविद्यालय तथा तालिम प्रदायक शैक्षिक संस्थाबारे जानकारी दिने छौं:
विश्वविद्यालय
-काठमाडौं विश्वविद्यालय (केयू)
औपचारिक रूपमा नेपालमा पहिलो पटक (०७८ सालदेखि) एआई कोर्ष पढाउन थालेको यस विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर दुवै तहमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।
यो कोर्ष केयूको स्कुल अफ इन्जिनियरिङ अन्तर्गत कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले सञ्चालन गर्छ । स्नातक तहमा ‘बीटेक इन एआई’ (BTech in Artificial Intelligence) नाममा १२९ क्रेडिट आवरको पाठ्यक्रम छ । यो चार वर्षे तथा आठ सेमेस्टरको कोर्ष हो, जसमा विज्ञान र इन्जिनियरिङ दुवैका कोर्ष छन् ।
स्कुल अफ इन्जिनियरिङ अन्तर्गत रहे पनि यो इन्जिनियरिङ कोर्ष भने होइन । म्याथ, प्रोग्रामिङ र एल्गोरिदमबारे आधारभूत ज्ञान प्रदान गर्नु, एआई डोमेनहरूबारे सैद्धान्तिक ज्ञान दिनु, एआई एल्गोरिदम लागू गरी ठूलो परिणामको डेटा एनालिसिस (विश्लेषण) गर्नसक्ने बनाउनु यस कोर्षको उद्देश्य छ ।
कोर्षमा प्रोग्रामिङ, गणित, कम्प्युटर विज्ञान लगायतका आधारभूत विषय छन् । त्यस्तै मसिन लर्निङ, न्यूरल नेटवर्क, कम्प्युटर भिजन, ल्याङ्ग्वेज, गेम डेभलपमेन्ट जस्ता मुख्य विषय समेटिएकाे छ ।
कोर्षमा दोस्रो सेमेस्टरबाट नै प्राेजेक्ट वर्क (परियोजना कार्य) सुरु हुन्छ । अन्तिम सेमेस्टरमा भने इन्टर्नशिपको व्यवस्था गरिएको छ । यसमा भर्ना हुन कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स (पीसीए) वा फिजिक्स, म्याथम्याटिक्स र कम्प्युटर साइन्स (पीएमसी) लिएको हुनु पर्छ ।
त्यस्तै कक्षा १२ को अन्तिम नतिजामा न्यूनतम २.० सीजीपीए वा ५० प्रतिशतभन्दा बढी अंक ल्याएको हुन पर्छ । साथै काठमाडौं विश्वविद्यालयले लिने प्रवेश परीक्षा पनि उत्तीर्ण गर्नु पर्छ ।
एक पटकको भर्नामा ३० विद्यार्थी लिने विश्वविद्यालयले याे कोर्षका लागि ८ लाख रुपैयाँ शुल्क तोकेको छ । पढाइ भने काभ्रे, धुलिखेलस्थित विश्वविद्यालयमा हुन्छ ।
|
सेमेस्टर |
कोर्ष |
|
पहिलो |
इन्ट्रोडक्सन अफ इन्टेलिजेन्ट सिस्टम इन्ट्रोडक्सन अफ प्रोग्रामिङ क्याल्कुलस प्रोब्याबिलिटी एन्ड स्ट्याटिस्टिक्स इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट एड्भान्स्ड कम्प्युनिकेसन स्किल |
|
दोस्रो |
अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम डिस्क्रिट स्ट्रक्चर लिनियर अल्जेब्रा इन्ट्रोडक्सन अफ कग्निटिभ साइन्स सेमेस्टर प्रोजेक्ट १ |
|
तेस्रो |
डेटाबेस म्यानेजमेन्ट सिस्टम डिजाइन एन्ड एनालिसिस अफ एल्गोरिदम आर्टिफिसियल इन्टेलिजेन्स इन्ट्रोडक्सन अफ डेटा साइन्स डिफ्रेन्सियल इक्विएसन सेमेस्टर प्रोजेक्ट २ |
|
चौंथाेे |
सफ्टवेयर इन्जिनियरिङ अप्टिमाइजेसन थ्यौरी न्युमेरिकल मेथोड इन्ट्रोडक्सन अफ मसिन लर्निङ प्रोग्रामिङ प्याराडाइम्स फर एआई सेमेस्टर प्रोजेक्ट ३ |
|
पाँचौं |
प्याटर्न रिकग्नाइजेसन डेटा माइनिङ कम्प्युटर नेटवर्क एन्ड साइबर सेक्युरिटी (इलेक्टिभ १) इन्नोभेटिभ एन्टरप्रनरशिप सेमेस्टर प्रोजेक्ट ४ |
|
छैटाैं |
एड्भान्स मसिन लर्निङ इमेज प्रोसेसिङ (इलेक्टिभ २) (इलेक्टिभ ३) सेमिनार सेमेस्टर प्रोजेक्ट ४ |
|
सातौं |
डिप लर्निङ (इलेक्टिभ ४) (इलेक्टिभ ५) (इलेक्टिभ ६) (इलेक्टिभ ७) सेमेस्टर प्रोजेक्ट ५ |
|
आठौं |
(इलेक्टिभ ८) एआई एन्ड सोसाइटी इन्डस्ट्रियल इन्टरप्रनरशिप |
-पूर्वाञ्चल विश्वविद्यालय
यस शैक्षिक सत्रका लागि पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहमा 'बी टेक इन आर्टिफिसियल इन्टेलिजेन्स' कोर्षको भर्ना खुलाएकाे छ । गत शैक्षिक सत्र २०७९ देखि नै याे कोर्ष सञ्चालन गर्ने तयारी भएपनि विद्यार्थी अपुग हुँदा विश्वविद्यालयले स्थगन गरेकाे थियाे ।
यो कोर्षमा कम्प्युटर विज्ञान र इन्जिनियरिङको मिश्रण छ । जसअन्तर्गत पहिलो दुई वर्ष सामान्य एआईका विषयहरू जस्तै; इन्ट्रोडक्सन टु एआई, एआई विथ इन्टेलिजेन्ट सिस्टम, प्रोग्रामिङ फर एआई लगायतका विषय पढ्नुपर्छ भने बाँकी दुई वर्षमा मसिन लर्निङ, डिप लर्निङ, कम्प्युटर भिजन, क्लाउड कम्प्युटिङ, आईओटी फर स्मार्ट सिटी जस्ता विषय पढ्नुपर्छ ।
पाठ्यक्रममा दोस्रो सेमेस्टरदेखि नै प्राेजेक्ट वर्क सुरु हुन्छ । सातौं सेमेस्टरमा इन्टर्नशिप र आठौं सेमेस्टरमा इलेक्टिभ विषय राखिएकाे छ ।
पीयूले वार्षिक रूपमा कुल ४८ जना विद्यार्थी काेटा ताेकेकाे छ, जसका लागि चार लाख रुपैयाँ शुल्क लाग्छ । पढाइ भने विराटनगरस्थित विश्वविद्यालयकाे केन्द्रीय कलेजमा हुन्छ ।
|
सेमेस्टर |
कोर्ष |
|
पहिलो |
इन्ट्रोडक्सन टु प्रोग्रामिङ डिजिटल लजिक क्याल्कुलस इन्ट्रोडक्सन टु एआई टेक्निकल राइटिङ एन्ड प्रेजेन्टेसन सोसाइटी एन्ड प्रोफेसनल इथिक्स |
|
दोस्रो |
अब्जेक्ट ओरियन्टेड प्रोग्रमिङ एआई विथ इन्टेलिजेन्ट सिस्टम माइक्रोप्रोसेसर एन्ड एसेम्ब्ली ल्याङ्ग्वेज प्रोब्याबिलिटी एन्ड स्ट्याटिस्टिक्स लिनियर अल्जेब्रा प्रोजेक्ट १ |
|
तेस्रो |
डेटाबेस म्यानेजमेन्ट सिस्टम डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम कम्प्युटर अर्गनाइजेसन अपरेटिङ सिस्टम डिफ्रेन्सियल इक्वेसन प्रोजेक्ट २ |
|
चाैंथाे |
न्यूमेरिकल मेथोड कम्प्युटर नेटवर्क डिजाइन एन्ड एनालिसिस अफ एल्गोरिदम प्रोग्रामिङ फर एआई (टुल्स, टेक्निक्स एन्ड लाइब्रेरी) इन्ट्रोडक्सन टु डेटा साइन्स प्रोजेक्ट ३ |
|
पाँचौं |
मसिन लर्निङ अप्टिमाइजेसन टेक्निक्स इम्बेडेड सिस्टम प्याटर्न रिकग्नाइजेसन एन्ड इमेज प्रोसेसिङ डेटा वेयरहाउजिङ एन्ड माइनिङ प्रोजेक्ट ४ |
|
छैटौं |
अब्जेक्ट ओरियन्टेड सफ्टवेयर इन्जिनियरिङ कम्प्युटर भिजन डिप लर्निङ स्पिच एन्ड नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ रिसर्च मेथोड प्रोजेक्ट ५ |
|
सातौं |
इन्टर्नशिप रेनफोर्समेन्ट लर्निङ क्लाउड कम्प्युटिङ प्रोजेक्ट ६ |
|
आठौं |
आईओटी फर स्मार्ट सिटी इलेक्टिभ १ इलेक्टिभ २ प्रोफेसनल प्रोजेक्ट |
-लुम्बिनी प्राविधिक विश्वविद्यालय
गत वर्ष स्थापना भएको यस प्रादेशिक विश्वविद्यालयले पनि स्नातक तहमा एआई कोर्ष सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले 'बी टेक इन कम्प्युटर साइन्स एन्ड एआई' नामक कोर्ष सञ्चालन गर्न लागेकाे छ ।
एआई पढाइ हुने भएपनि यो चार वर्षे (आठ सेमेस्टर) कोर्षमा कम्प्युर विज्ञानका विषय पनि समेटिएका छन् । प्रविधि तथा एआईसँग सम्बन्धित उद्योगका लागि जनशक्ति उत्पादन गर्नु कोर्षको उद्देश्य छ ।
विद्यार्थीलाई कम्प्युटर विज्ञानसँगै द्रुत गतिमा विकास भइरहेको एआईबारे ज्ञान दिन यो कोर्ष डिजाइन गरिएको विश्वविद्यालयले जनाएको छ । परम्परागत कम्प्युटर विज्ञानका विषयहरूसँग एआईका स्पेसलाइज्ड (विशिष्टिकृत) विषयहरू मिसाएर यो कोर्ष तयार पारिएकाे छ ।
कोर्षमा कम्प्युटर विज्ञानका आधारभूत विषयहरू, म्याथम्याटिक्स एन्ड स्ट्याटिस्टिक्स, इथिक्स एन्ड सोसल इम्प्लिकेसन जस्ता विषय छन् । त्यस्तै प्रोग्रामिङ, वेब टेक्नोलोजी, ब्लकचेन, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ जस्ता एडभान्स्ड काेर्ष छन् ।
यस कोर्षमा भर्ना हुन कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ (पीसीएम) विषय लिई न्यूनतम ‘सी’ ग्रेड अथवा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्छ ।
नेपालगञ्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालय भवनमा पढाइ हुने याे काेर्षका लागि हरेक वर्ष ४८ विद्यार्थीको काेटा ताेकिएकाे छ, जसअन्तर्गत नियमित शुल्क (छात्रवृत्ति) मा पढ्न एक लाख ३० हजार र पूर्ण शुल्कमा पढ्न पाँच लाख १८ हजार रुपैयाँ लाग्छ ।
|
सेमेस्टर |
विषय |
|
पहिलो |
फिजिक्स फर कम्प्युटिङ इन्ट्रोडक्सन टु कम्प्युटेसनल थिङ्किङ एन्ड सी प्रोग्रामिङ म्याथम्याटिक्स १ कम्युनिकेसन स्किल सोसाइटी, साइबर ल एन्ड इथिक्स |
|
दोस्रो |
म्याथम्याटिक्स २ ओओपी (अब्जेक्ट ओरियन्टेड प्राेग्रामिङ) इन जाभा स्टाटिस्टिक्स डिजिटल लजिक वेब टेक्नोलोजी |
|
तेस्रो |
माइक्रोप्रोसेसर एन्ड कम्प्युटर आर्किटेक्चर डेटाबेस म्यानेजमेन्ट सिस्टम डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम डेटा कम्प्युनिकेसन एन्ड नेटवर्क डिस्क्रिट म्याथम्याटिक्स प्रोग्रामिङ युजिङ पाइथन |
|
चौंथाे |
थ्यौरी अफ कम्प्युटेसन न्युमेरिकल मेथोड कम्प्युटर ग्राफिक्स एन्ड मल्टिमिडिया अप्लाइड अपरेटिङ सिस्टम डिजाइन एन्ड एनालिसिस अफ एल्गोरिदम अप्टिमाइजेसन थ्यौरी |
|
पाँचौं |
यूआई/यूएक्स कम्प्युटर अर्गनाइजेसन एन्ड आर्किटेक्चर आर्टिफिसियल इन्टेलिजेन्स डेटा साइन्स रिसर्च मेथोडोलोजी प्रोजेक्ट १ |
|
छैंटाैं |
सफ्टवेयर इन्जिनियरिङ क्लाउड कम्प्युटिङ मसिन लर्निङ इलेक्टिभ १ प्रोजेक्ट २ |
|
सातौं |
सफ्टवेयर प्रोजेक्ट म्यानेजमेन्ट नेटवर्क सेक्युरिटी एन्ड क्रिप्टोग्राफी गेम थ्यौरी ब्लकचेन टेक्नोलोजी इलेक्टिभ २ |
|
आठौं |
आईटी इन्टरप्रनरशिप इलेक्टिभ ३ इन्टर्नशिप/क्यापस्टोन प्रोजेक्ट |
कलेज
-इस्लिङ्टन कलेज, काठमाडाैं
बेलायतकाे लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजले बीएससी (अनर्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रम सञ्चालन गरिरहेकाे छ । ३६० क्रेडिट आवरमा पढाइ हुने याे शैक्षिक कार्यक्रमकाे अवधि तीन वर्षको छ ।
कोर्षमा विद्यार्थीहरूले कम्प्युटर प्रोग्रामिङ, म्याथम्याटिक्स जस्ता आधारभूत विषय पढ्नु पर्छ । त्यस्तै रोबोटिक्स, न्युरल नेटवर्क, कम्प्युटर भिजन, मसिन लर्निङ, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ जस्ता मुख्य विषयहरू अध्ययन गर्नु पर्छ ।
कलेज स्वयं आफैंले विकास गरेको यो कोर्षलाई लन्डन मेट्रोपोलिटन विश्वविद्यालयले मूल्याङ्कन गरेको छ ।
कोर्षमा भर्ना हुन कक्षा १२ को परीक्षामा न्यूनतम सीजीपीए २.२ (५५ प्रतिशत) वा सबै विषयमा न्यूनतम 'डी' ग्रेड ल्याएको हुनपर्छ । तर एसईईमा गणित विषयमा न्यूनतम 'सी' (५० प्रतिशत) र कक्षा १२ मा अङ्ग्रेजी विषयमा २.४ जीपीए (६० प्रतिशत) भने ल्याएको हुनु पर्छ ।
कलेजले वार्षिक रुपमा १२० जना विद्यार्थी याे काेर्षका लागि लिइरहेकाे छ । जसका लागि १४ लाख ३८ हजार रुपैयाँ शुल्क लाग्छ ।
|
वर्ष |
विषय |
|
पहिलो |
प्रोग्रामिङ इन्ट्रोडक्सन टु इन्फर्मेसन सिस्टम फन्डामेन्टल्स अफ कम्प्युटिङ क्याल्कुलस एन्ड लिनियर एल्ज्रेबा इन्ट्रोडक्सन टु रोबोटिक्स एन्ड आईओटी |
|
दोस्रो |
डेटा स्ट्रक्चर एन्ड स्पेसियालिस्ट प्रोग्रामिङ सफ्टवेयर इन्जिनियरिङ डेटाबेस प्रोब्याबिलिटी एन्ड स्टाटिस्टिक्स फर्दर क्याल्कुलस अप्लाइड डेटा साइन्स |
|
तेस्रो |
प्रोजेक्ट बिग डेटा एन्ड डेटा माइनिङ वर्क रिलेटेड लर्निङ २ आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटर भिजन अप्लाइड मसिन लर्निङ |
-सनवे कलेज
सफ्टएड ग्रुप अन्तर्गत रहेको यो कलेजले पनि बेलायती विश्वविद्यालयको एआई कार्यक्रम सञ्चालन गर्ने गर्छ । यो कलेज बर्मिङ्घम सिटी युनिभर्सिटी (बीसीयू) बाट सम्बन्धन प्राप्त छ । कलेजले 'बीएससी (अनर्स) कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स' कोर्ष सञ्चालन गर्ने गर्छ ।
यो ४८० क्रेडिट आवरको चार वर्षे कोर्ष हो । जसमा कम्प्युटर विज्ञान र एआईका विषय समावेश गरिएकाे छ । कोर्षलाई कलेजले 'लेभल फोर', 'लेभल फाइभ' र 'लेभल सिक्स' मा वर्गीकरण गरेको छ । जसअन्तर्गत 'लेभल फोर'मा कम्प्युटर प्रोग्रामिङ, एल्गोरिदम, कम्प्युटर सिस्टम, वेबसाइट डेभलपमेन्ट जस्ता कम्प्युटर साइन्स र एआईबारे आधारभूत विषयकाे पढाइ हुन्छ ।
‘लेभल फाइभ’मा कम्प्युटर साइन्सका चार र एआईका दुई मोडलबारे पढाइ हुन्छ । जसमा सफ्टवेयर डिजाइन, साइबर सेक्युरिटी, डेटाबेस जस्ता कम्प्युटर विज्ञान सम्बन्धी विषय र मसिन लर्निङ, मसिन लर्निङ अपरेसन जस्ता एआई सम्बन्धी विषय छन् ।
त्यस्तै विद्यार्थीहरू तेस्रो वर्ष पुगेपछि कम्पनीहरूमा एक वर्ष काम गर्न जान्छन् । यसलाई कलेजले १२० क्रेडिट आवरको 'प्रोफेसनल प्लेसमेन्ट इयर' भन्ने गरेको छ ।
'लेभल सिक्स' भने एआई र यसका एप्लिकेसनबारे केन्द्रित छ, जसमा डिप लर्निङ, कम्प्युटर भिजन, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ जस्ता विषय राखिएकाे छ ।
यस कोर्षमा भर्ना हुन कक्षा १२ मा न्यूनतम ३.० जीपीए (६५ प्रतिशत) ल्याएको हुनु पर्छ । अर्काेतर्फ कक्षा १० मा गणित विषयमा न्यूनतम 'सी प्लस' (५० प्रतिशत) ल्याएको हुनु पर्छ ।
हाल वर्षमा दुई इन्टेक गरी (प्रति इन्टेक १५० विद्यार्थी) कलेजले कूल ३०० विद्यार्थी भर्ना लिने गरेको छ । यसको शुल्क १० लाख ३० हजार रुपैयाँ ताेकिएको छ ।
|
वर्ष |
विषय |
|
पहिलो |
कम्प्युटर सिस्टम वेबसाइट डिजाइन एन्ड डेभलपमेन्ट डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम इनोभेसन प्रोजेक्ट कम्प्युटर प्रोग्रामिङ इन्ट्रोडक्सन टु आर्टिफिसियल इन्टेलिजेन्स |
|
दोस्रो |
अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ डेटाबेस एन्ड वेब एप्लिकेसन डेभलपमेन्ट आर्टिफिसियल इन्टेलिजेन्स एन्ड मसिन लर्निङ साइबर सेक्युरिटी सफ्टवेयर डिजाइन डेटाबेस म्यानेजमेन्ट एन्ड मसिन लर्निङ अपरेसन |
|
तेस्रो |
प्रोफेसनल प्लेसमेन्ट इयर |
|
चौंथाे |
डिप न्यूरल नेटवर्कस एन्ड एथिक्स मोर्डन डेटा स्टोर एन्ड डेटा प्रोटेक्सन नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ क्लाउड कम्प्युटिङ इन्डिभिजुअल अनर प्रोजेक्ट |
-ब्रिटिश कलेज
काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेज (टीबीसी)ले 'बीएससी (अनर) कम्प्युटर साइन्स- आर्टिफिसियल इन्टेलिजेन्स' नामकाे शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ । कलेजले बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डसँग सहकार्य गरेर यो कार्यक्रम ल्याएकाे हो ।
कलेजले सञ्चालन गर्ने यो कोर्ष पूरै एआई कोर्ष भने होइन । कोर्षको माध्यमबाट विद्यार्थीले विशिष्टिकृत ज्ञान प्राप्त गर्न सक्छन् ।
चार वर्षे (आठ सेमेस्टर) को यो कोर्षमा कम्प्युटर साइन्स, वेब टेक्नोलोजी, प्रोग्रामिङ लगायतका विषय छन् ।
परिवर्तित समाजको आवश्यकता बुझेर त्यो अनुसारको प्रविधि विकास गर्ने जनशक्ति विकास गर्नु, एआईको सिद्धान्त बुझेर नवप्रवर्तन विचारहरूमा काम गर्ने प्राविधिक तयार गर्नु कोर्षको उद्देश्य रहेको छ ।
कोर्षमा कम्प्युटरसँगै सुरुवाती वर्षहरूमा भाषा (इंग्लिस) र अन्तिम वर्षहरूमा व्यावसायिक विषय कोर्ष पनि समावेश गरिएको छ । त्यस्तै प्रोग्रामिङ, इन्टरनेट टेक्नोलोजीज, फाउन्डेसन अफ कम्प्युटिङ, डेटाबेस जस्ता कम्प्युटर सम्बन्धी कोर्ष रहेका छन् ।
एआई कोर्षमा भने आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङजस्ता विषय छन् । यस कोर्षमा भर्ना हुन कक्षा १२ को अन्तिम परीक्षामा न्यूनतम ६० प्रतिशत वा २.४ जीपीए ल्याएको हुनु पर्छ । त्यस्तै अङ्ग्रेजी विषयमा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउनु पर्छ ।
|
सेमेस्टर |
विषय |
|
पहिलो |
एकेडेमिक इङ्ग्लिस एन्ड इफेक्टिभ कम्युनिकेसन म्याथम्याटिक्स फर कम्प्युटिङ इन्ट्रोडक्सन टू प्रोग्रामिङ कम्प्युटर फन्डामेन्टल एन्ड नेटवर्क |
|
दोस्रो |
एकेडेमिक इङ्ग्लिस एन्ड इफेक्टिभ कम्युनिकेसन इन्टरनेट टेक्नोलोजिज फन्डामेन्टल अफ मल्टिमिडिया फन्डामेन्टल अफ डेटा साइन्स |
|
तेस्रो |
आर्टिफिसियल इन्टेलिजेन्स १ कम्प्युटर सिस्टम आर्किटेक्चर फाउन्डेसन अफ कम्प्युटिङ |
|
चौंथाे |
प्रिन्सिल अफ प्रोग्रामिङ वेब डेभलपमेन्ट एन्ड डेटाबेस |
|
पाँचौं |
एड्भान्स एल्गोरिदम एड्भान्स सफ्टवेयर डेभलपमेन्ट आर्टिफिसियल २ |
|
छैटौं |
मसिन लर्निङ अपरेटिङ सिस्टम सिस्टम डेभलपमेन्ट ग्रुप प्रोजेक्ट |
|
सातौं |
एड्भान्स डेटाबेस डिजिटल सिस्टम प्रोजेक्ट अटोनोमस एजेन्टस एन्ड मल्टी एजेन्ट सिस्टम (अप्सनल) बिग डेटा एनालिटिक्स (अप्सनल) मोबाइल एप्लिकेसन (अप्सनल) |
|
आठौं |
डिस्ट्रिब्युटेड एन्ड इन्टरप्राइज सफ्टवेयर डेभलपमेन्ट इन्टरप्रेनियल स्किल एड्भान्स सिस्टम प्रोग्रामिङ (अप्सनल) सेक्युरिटी डेटा एनालिटिक्स एन्ड भिजुअलाइजेसन (अप्सनल) |
नेपालमा औपचारिक रूपमा एआई कोर्ष पढाउने विश्वविद्यालय तथा कलेजहरू सीमित छन् । बीसीए, बीएससी सीएसआईटी जस्ता कोर्षमा एआईका केही अंश राखिए पनि विशिष्टिकृत पढाइ भने हुँदैन ।
तर पछिल्लो समयमा च्याटजीपीटी, बार्ड जस्ता एआई टुलहरूले आममान्छेहरूलाई पनि यसतिर आकर्षित गरेका छन् । सोही कारण विश्वविद्यालय तथा कलेजहरू बाहेक विभिन्न तालिम प्रदायक संस्थाहरूले एआई सम्बन्धी छोटो अवधिका तालिम वा सर्टिफाइड काेर्ष सञ्चालन गर्ने गरेका छन् । फ्युज मसिन, नामी, ब्रोडवे इन्फोसिस, टेक एक्सिस लगायतका संस्थाहरू यसका केही उदाहरण हुन् ।
पछिल्लो अध्यावधिक: असोज ९, २०८० १३:५८
