close

५६० किमि रेञ्ज भएको २०२४ स्मार्ट ह्यास१ ईलेक्ट्रिक एसयूभी सार्वजनिक, सीजीले नेपाल ल्याउने

टेकपाना टेकपाना

असोज ९, २०८० १९:४६

५६० किमि रेञ्ज भएको २०२४ स्मार्ट ह्यास१ ईलेक्ट्रिक एसयूभी सार्वजनिक, सीजीले नेपाल ल्याउने

काठमाडौं । चिनियाँ बजारमा २०२४ स्मार्ट ह्यास १ नामक पूर्ण विद्युतीय कम्प्याक्ट एसयूभी सार्वजनिक भएको छ । कम्पनीले प्रो प्लस र प्रिमियम नाम दिएका दुई मोडेल सार्वजनिक गरेको हो ।

जसको मूल्य क्रमश एक लाख ९९ हजार ९०० युआन (२७ हजार ८०० अमेरिकी डलर) र दुई लाख २५ हजार ९०० युआन (३१ हजार ४०० अमेरिकी डलर) रहेको छ ।

यसअघिको मोडेल भन्दा २०२४ को मोडेलको मूल्य ९,३००-१९,१०० युआन (१२७०-२६०० अमेरिकी डलर) ले घटाइएको छ । २०२४ स्मार्ट ह्यास १ ईभीको डिजाइनमा पहिलेको मोडेलमा रहेको त्रिकोणात्मक हेडलाइट, सपाट टेललाइट, सस्पेन्डेड रुफ डिजाइन, लुकाइएका ढोकाका ह्याण्डल र फ्रेम रहित ढोका रहेका छन् ।

आकार पनि समान रहेको छ; २७५० एमएम ह्विलबेससँगै ४२७०/१८२२/१६३६ एमएमको मापन । यस बाहेक यो गाडी बाहिरि भागमा सुनौलो, कालो, सेतो, खैरो लगायत विभिन्न प्रकारको रङ्गको सम्मिश्रणमा पाउन सकिनेछ ।

गाडीमा क्वालकम स्न्यापड्रागन ८१५५ चिपसहितको १२.८ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन दिइएको छ । त्यस्तै वायरलेस चार्जिङ, लेभल २ एड्भान्स ड्राइभिङ असिस्टेन्ट सिस्टम, ओटीए अपडेट, ब्लुटुथ, विद्युतीय रूपमा एडजस्ट गर्न सकिने सेकेन्ड-रो सिट र पावर ट्रन्क जस्ता विशेषता पनि यसमा छन् ।

अझ प्रिमियम मोडेलमा त झन् त्यसका अतिरिक्त ड्राइभरको थकान निगरानी तथा लेन परिवर्तन जस्ता आधुनिक ड्राइभिङ असिस्टेन्स कार्यप्रणाली, स्वचालित सुगन्ध प्रणाली, अडिओका लागि बिट्स स्पिकर, लेदर सिट तथा स्टेरिङ ह्विल, तताउन मिल्ने अगाडिका सिट र माथि उडाउन मिल्ने डिस्ले राखिएका छन् ।

२०२४ स्मार्ट ह्यास १ मा २०० किलोवाट तथा ३४३ एनएमको एउटा मोटर दिइएको छ । जसले ६.७ सेकेन्डमा शून्यदेखि १०० किमि प्रति घण्टाको स्पिडमा लैजान सक्छ । यसका अतिरिक्त प्रो प्लस र प्रिमियम दुवै मोडेलमा ६६ किलोवाट आवर क्षमताको लिथियम ब्याट्री प्याक छ ।

एक पटकको चार्जमा प्रो मोडेलमा ५३५ किमि र प्रिमियममा ५६० किमिको रेञ्ज पाउन सकिने कम्पनीको दाबी छ । फास्ट चार्जरबाट ३० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिने यी गाडी स्लो चार्जरले ७.५ घण्टा लगाउँछ ।

भर्खरै मात्र सीजी ग्रुपले स्मार्ट ईभी नेपाल भित्र्याउने गरी चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । सम्भवतः यी दुवै मोडेलका ईभी नेपाली बजारमा भित्रिने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८० १९:४७