काठमाडौं । गएराति गएको शक्तिशाली भूकम्प प्रभावित क्षेत्रमा उद्धारकार्यलाई सहज बनाउन सम्पर्क नम्बर उपलब्ध गराइएको छ । भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमलाई लक्षित गर्दै फाेन नम्बर उपलब्ध गराइएकाे नेपाल प्रहरीले जनाएकाे छ ।
यी नम्बरमा सम्पर्क गरेर उद्धार कार्यमा सहयोग लिन/दिन सकिने रुकुम पश्चिमका डीएसपी नवराज भट्टराईले बताए । अहिले सुरक्षा निकाय, स्थानीय सरकार, स्थानीय बासिन्दा सबै मिलेर उद्दार कार्यमा लागि रहेको र अलि दुर्गममा पुग्न भने बाँकी रहेको उनले बताए ।
उनका अनुसार यी नम्बर कलमा गरेर घाइते रहेको स्थानमा उद्धारकार्यमा खटिएका जनशक्तिलाई जानकारी गराउन वा खोज तथा उद्धार सहयोग गर्न सकिने छ ।
जाजरकोट क्षेत्र वरपर भएकाले निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन्:
-9858077333
-9858057190
-9868936678
-9848122584
-9858054050
त्यस्तै रुकुम पश्चिम क्षेत्र आसपासमा रहेका व्यक्तिले निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन्:
-9861087132
-9861087132
-9857835555
-9851258217
-9857872777
-9847936113
-9857980550
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामी डाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको असर देशैभरी परेपनि जाजरकोट र रुकुम पश्चिममा बढी मानवीय तथा भौतिक क्षति पुगेको छ ।