close

२ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्टमै ‘नेटा भी’ कार खरिद गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २४, २०८० २२:५१

२ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्टमै ‘नेटा भी’ कार खरिद गर्न सकिने

काठमाडौं । नेटा भी विद्युतीय कार खरिदमा विशेष छुट योजना सार्वजनिक भएको छ । नेटा भीका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्सले धन्तेरसको अवसर पारी शुक्रवार यस्तो अफर ल्याएको हो ।

डाउन पेमेन्टमा नेटा भी लिन चाहने ग्राहकले ३८.९९ लाखको २० प्रतिशतले हुन आउने सात लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्थ्यो । तर, कम्पनीले ल्याएको यो अफर अन्तर्गत अब डाउन पेमेन्टको रकममध्ये पाँच लाख बराबर रुपैयाँ क्याशब्याक अफर दिइएकाले दुई लाख ८० हजार मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ ।

सीमित अवधिको लागि मात्र उपलब्ध हुने यो सुविधा नेपालभरका सम्पूर्ण शोरुमबाट लिन सकिने कम्पनीले जनाएकाे छ ।

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ ।

करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फुल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको लिथियम आयन ब्याट्री प्रयोग भएको नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले एक लाख ५० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० २२:५१